होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
देशभर बलात्कारको घटना बढ्दै गएको छ । बालिकाहरु दैनिक बलात्कृत भएको घटना सार्वजनिक भैरहेका छन् । बालिका बलात्कृत हुने घटना बढेपछि नायिका ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै आफूलाई डर लाग्न थालेको बताएकी छिन् । उनले लेखेकी छिन्–‘एउटा नायिका बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैलाई लाज लाग्न […]
हलमा रिलिज भएको ८ महिनापछि चलचित्र ‘सेल्फी किङ्ग’लाई युटुबमा रिलिज गरिएको छ । एक कलाकारको कथामा यो चलचित्र निर्माण भएको छ । चलचित्रको मुख्य भूमिकामा नायक विपिन कार्की छन् । विपिनको साथमा चलचित्रमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रको लेखन तथा निर्देशन विशाल सापकोटाले गरेका […]
हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले संचालन गर्दै आएका कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष परिवर्तन भएकी छिन् । पहिलो सिजनमा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले शोको अध्यक्षता ग्रहण गर्दै आएकी थिइन् । तर, कोरोनाका कारण लकडाउन भएपछि शो रोकिएको थियो । तर, अब फेरि शो फरक शैलीमा प्रस्तुत गर्ने तयारी जितुले गरेका छन् । तर, […]
नेपालको चर्चित टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाईएको छ । उनको ठाउँमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याईएको छ । अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् । केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् । मुन्द्रेको कमेठी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै […]
नायिका पूजा शर्माले नायकद्धय पल शाह र आकाश श्रेष्ठसँग चलचित्र र म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, पूजा, पल र आकाशले एकसाथ काम भने गरेका थिएनन् । उनै, पूजाले शनिबार फरक अनुभुती गरिन् । म्यूजिक भिडियोमा जमिरहेका दुई नायक पल शाह र पूजा आकाश श्रेष्ठसँग पूजाले एकसाथ काम गरेकी छिन् । नगरकोटका विभिन्न स्थानमा […]
काठमाडौं | कुनै पनि चलचित्र क्षेत्रका दुई सुपरस्टार नायक र एकदमै चर्चित नायिकालाई एकसाथ अभिनय गरेको हेर्ने सम्पूर्ण दर्शकहरुको चाहना हुन्छ ।यसैबीच नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुको मन मुटुमा बस्न सफल चर्चित कलाकार पल शाह, पुजा शर्मा र आकाश श्रेष्ठलाई एकसाथ अभिनय गरेको हेर्न पाइदै छ । पल, पुजा र आकाशले केहि समय अगाडि चर्चित भएको […]
काठमाडौं । कोरोना कहरका कारण विगत ६ महिनायता फिल्म हल बन्द छन् । अब कहिले खुल्छ भन्नेमा अझै टुंगो छैन । विस्तारै सबै क्षेत्र खुल्दै गएकाले अब फिल्म क्षेत्रपनि खोल्नुपर्ने माग फिल्मकर्मीले गर्दै आएका छन् । हाम्रो ठूलो पर्व दशैँ आउन एक महिना पनि बाँकी छैन । सरकारले अहिले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध हटायो भने […]
काठमाडौं- विदेशमा रहेका नेपालीले अब मोबाइलबाटै पैसा पठाउन सक्ने भएका छन् ।वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको हो ।यसअघि रेमिट्यान्स बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले […]
हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा संघर्ष गर्दै यो स्थानमा आइपुगेका छन् । चितवनमा धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेश रंगशाला’ निर्माणमै व्यस्त रहेका यी कलाकारले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । उनले […]
दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्त आजभोलि फिल्म ‘अन्नाथे’ का कारण चर्चामा छन् । फिल्ममा उनको शीर्ष भूमिका रहने फाइनल भइसकेको छ ।प्रकाश राज र वेला राममूर्तीको समेत अभिनय रहने यो फिल्ममा बलिउड कलाकार ज्याकी श्राफको पनि अभिनय रहने जनाइएको छ । फिल्ममा ज्याकी एक खतरनाक भिलेनका रुपमा देखिने चर्चा छ । खबरका अनुसार जनवरीभन्दा […]
नेपाली चलचित्रका सफल नायक राजेश हमालले शनिबार ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ सहयोग गरे । कोभिडका कारण उत्पन्न परिस्थितीले समस्यामा परेका प्राविधिकहरुलाई उनले सहयोग गरेका हुन् । राजेश हमालले ५ लाख ६५ हजार सहयोग गर्दा उनका नजिकका साथीहरुले यसमा सहयोग गरे । विशेषगरि, अमेरिकामा बस्ने उनका साथीहरुले यसमा सहयोग गरेका छन् । […]
विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रशारण आजबाट हुँदैछ । हिमालय टेलिभिजनमा आज बेलुकी ८ बजेपछि यो शोको प्रिमियर हुँदैछ । आम सर्वसाधारणले नृत्य प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने शैलीका कार्यक्रम यस अगाडि टेलिभिजनमा नआएका होइनन् । तर, स्टारहरुले नै रियालिटी शोमा सहभागी भएर नृत्य गरेको […]
काठमाडौं । फिल्म लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘आँधी तुफान २’ को निर्देशन मदन घिमिरेले गर्ने भएका छन् । बिहिबार विश्वकर्मा पुजाको अवसर पारेर निर्माता श्रेष्ठले आफ्नो फिल्मको निर्देशन जिम्मेवारी घिमिरेलाई दिएका हुन् । फिल्म निर्देशन सम्बन्धमा निर्देशक घिमिरे र निर्माता श्रेष्ठ बिच बिहिबार सौझौता भएको छ । निर्देशक घिमिरेले यस अगाडि थुप्रै […]
एजेन्सी । बाँदर मान्छेको पुर्खा हो भन्ने त सुनिएकै हो । बाँदरका धेरै आनीबानीहरु मान्छेसँग मिल्छन् भन्ने वन्यजन्तुविदहरुको भनाइ छ । बाँदरले पनि मान्छेकै जस्तो हर्कत गर्दछ भन्ने तथ्यलाई हालै एउटा बाँदरले मलेसियामा पुष्टि गरेको छ । मलेसियामा एकजना व्यक्तिले आफ्नो हराएर फेला परेको मोबाइलमा बाँदरको सेल्फी तथा भिडियो रहेको दाबी ग्रेका छन् । २० वर्षका […]
काठमाडौं – निर्देशक दिनेश राउत र प्रदीप खड्काले नयाँ फिल्ममा टिमअप गर्ने भएका छन् । सामाजिक कथामा आधारित दिनेशले निर्देशन गर्ने फिल्ममा प्रदीपले अभिनय गर्ने भएका हुन् । दिनेशले निर्देशन गर्ने यो फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन । यो टिमले पहिले लोकप्रिय गायक अरुण थापाको बायोपिक फिल्ममा काम गर्ने चर्चा थियो । तर, अब […]
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भए । विद्युत् प्राधिकरणबाट कुलमान बिदा भएको कुरा धेरैलाई चित्त बुझेको छैन । उनको पुनर्नियुक्तिका लागि सर्वासाधारणदेखि कलाकारसमेतले अभियान नै चलाए । कुलमान घिसिङको पक्षमा माइतीघरमा प्रदर्शनसमेत भइरहेको छ । यस्तै गायक अमृत गुरुङलाई पनि कुलमानको बिदाइले खिन्न बनाएको छ । उनले सो कुरा […]
कालो हरिण शिकार मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ । अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान […]
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले ४ बर्ष बिताए । उनकै कार्यकालमा नेपाल लोडसेडिङमुक्त भयो । १८ घन्टा लामो अन्धकारबाट नेपाल र नेपाली जनतालाई मुक्ती दिएका कुलमानको कार्यकाल सकिएसँगै उनलाई पुनः प्राधिकरणमा नियुक्ती गर्नुपर्ने आवाज जनस्तरबाट सुनिन थालेको छ । कुलमानलाई आज बस्ने मन्त्रीपरिषद्को बैठकले पुनः नियुक्ती गर्ने अपेक्षा आम नागरिकको छ । […]
नायिका गौरी मल्लले पछिल्लो समयमा सामाजिक संजालमाफर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै विभिन्न बिषयमा आग्रह गरिरहेकी छिन् । कहिले भारत फर्किएका नेपालीको दुःख वुझ्न नसकेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेकी गौरीले कहिले देशको अवस्थालाई लिएर आफ्नो भनाई सार्वजनिक गरिरहेकी छिन् । राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्रीसँग गौरीले बालबालिकालाई चन्दन बनाउन आग्रह गरेकी छिन् । गौरी […]
काठमाडौं । वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण भएको छ । सरकारी वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो । हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । लामा र […]