होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • दशैँमा रिलिज होला त ‘लक्ष्मीपूजा’ र ‘लक्का जवान’ ?
पत्रपत्रिका

दशैँमा रिलिज होला त ‘लक्ष्मीपूजा’ र ‘लक्का जवान’ ?

  • नागरिक रैबार
दशैँमा रिलिज होला त ‘लक्ष्मीपूजा’ र ‘लक्का जवान’ ?

काठमाडौं । कोरोना कहरका कारण विगत ६ महिनायता फिल्म हल बन्द छन् । अब कहिले खुल्छ भन्नेमा अझै टुंगो छैन । विस्तारै सबै क्षेत्र खुल्दै गएकाले अब फिल्म क्षेत्रपनि खोल्नुपर्ने माग फिल्मकर्मीले गर्दै आएका छन् ।

हाम्रो ठूलो पर्व दशैँ आउन एक महिना पनि बाँकी छैन । सरकारले अहिले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध हटायो भने दशैँसम्ममा फिल्म रिलिजको वातावरण बन्ने अनुमान फिल्मकर्मीहरुले गरेका छन् । त्यसैले पनि उनीहरु फिल्म क्षेत्र खुलाउने कसरतमा छन् ।

दशैँ नेपाली फिल्मले राम्रो व्यापार गर्ने पर्व पनि हो । फिल्म क्षेत्र खुलिहाले दशैँमा फिल्म रिलिज गर्नुपर्छ भनेर केही फिल्मकर्मी लागेका छन् । ती मध्यका एक निर्माता शोभित बस्नेत पनि हुन् ।
शोभित फिल्म ‘लक्ष्मीपूजा’ यही दशैँ हुने बताउँछन् । समीर मियाँको निर्देशन रहेको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

विज्ञापन

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैँ र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।सरकारले फिल्मक्षेत्रको प्रतिबन्ध हटाए ‘लक्ष्मी पूजा’ दशैमै रिलिज गर्ने शोमितले बताए ।

त्यस्तै निर्देशक शिवहरी पौडेल पनि फिल्म रिलिजको माहोल बन्यो भने ‘लक्का जवान’ दशैँ, तिहारमा रिलिज हुने बताउँछन् । हाँस्य कलाकार शिवहरीको यो निर्देशनमा डेब्यु फिल्म हो । गत चैत्र २१ मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म कोरोनाको कहरका कारण रोकिएको थियो ।

प्रदर्शनको वातावरण बने दशैँ, तिहारमा, नत्र चैत्रमा ‘लक्का जवान’ सार्वजनिक प्रदर्शनमा ल्याइने फिल्मका निर्देशक शिवहरी पौडेलले बताए । ‘हामी फिल्म रेडी गरेर बसेका छौ’ पौडेलले भने, ‘प्रदर्शन वातावरण मिल्यो र सुरक्षित हुने महशुस हुने बित्तिकै रिलिज गर्छौँ ।’

‘लक्का जवान’मा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेतलगायतको अभिनय देख्न सकिन्छ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् । ‘लक्का जवान’ केही पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको कमेडी फिल्म हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै