होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिइन् पूजा
मनोरञ्जन

‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिइन् पूजा

  • नागरिक रैबार
‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिइन् पूजा

हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुँदै आएको चर्चित रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को मञ्चबाट पहिलो प्रतिस्पर्धी बाहिरिएकी छिन् । मैथिली कलाकार पूजा ठाकुर र उनको कोरियोग्राफर पार्टनर सरोज मोक्तान शोबाट बाहिरिएका हुन् ।

दर्शकको भोट र निर्णायकको अंकको आधारमा बटम ३ मा पूजा ठाकुर र सरोज मोक्तान, हरि खड्का र यूमी बलामी, प्रशान्त ताम्राकार र स्वेत्ना योञ्जन परेका थिए । यी तिन मध्ये सवैभन्दा कम भोट प्राप्त गरेका पूजा ठाकुर र सरोज मोक्तान बाहिरिएका हुन् ।

 

विज्ञापन

शोबाट बाहिरिएकी पूजाले आफू यो शोमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् । उनले भनिन्–‘मैले आफूमा भएको कला देखाउन पाएँ । म यो शोको सम्पूर्ण टिमलाई मिस गर्नेछु ।’ आफ्नो भनाई राख्दै गर्दा भावूक बनेकी पूजाले राजिव समरसँग पनि स्टेज शेयर गरेकी थिइन् । पूजा बाहिरिएपछि अब यो शोमा ९ स्टार प्रतिस्पर्धी बाँकी छन् । दर्शकले उनीहरुलाई आइतबार बेलुकीबाट नै भोट गर्न सक्नेछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार