होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै रुचाएका छन् । आकाश र पूजाको जन्मदिनमा दर्शकले गर्ने सेलिव्रेशनले पनि यो कुरा पुष्टी हुन्छ । नायक आकाश श्रेष्ठको बुधबार परेको जन्मदिनमा फ्यानले आयोजना गरेको भव्य कार्यक्रमले पनि उनीहरु र फ्यानविचको कनेक्शन वुझ्न सकिन्छ । संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण आफूहरु एकसाथ […]
काठमाडौं : कोरोना भाइरसबाट संक्रमित भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आईसीयुमा राखिएको छ । घरमै आइसोलेसनमा बसेको समस्यामा स्वास्थ्य गम्भीर भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए । गजुरलेमा अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएको उपचारमा सग्लन चिकित्सकले […]
हलमा रिलिज भएको डेढ बर्षपछि चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ । चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । यो चलचित्रमा नायक अनमोल […]
नायक पुष्प खड्का नयाँ २ चलचित्रमा काम गर्ने तयारीमा छन् । उनले चलचित्र ‘कृष्ण लीला’ र मुकुन्द भट्टको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्रमा काम गर्ने तयारी गरेका हुन् । चलचित्र ‘कृष्ण लीला’को छायांकन मंसिर १५ गतेबाट सुरु हुने बताइएको छ । नायक पुष्प खड्का सबै जना मिलेर चलचित्र क्षेत्रलाई उठाउनुपर्ने बताउँछन् । पुष्पले भने–‘अहिले […]
दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट कलाकार जितु नेपाल (मुन्दे) बाहिरिएका छन् । हास्य कलाकारको टिमले सुरु गरेको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्मसँगै आएका जितुले दीपक दीपाको टिमबाट अलग भएको बताएका छन् । लकडाउनको समयमा टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला हटाइए पछि यि बीच मनमुटाव रहेको बुझिएको छ । दीपाश्री निरौलालाई हटाएर […]
‘बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ चर्चामा छ । छायांकन नसकिदै प्रतिक्षामा रहेको यो चलचित्र विवादमा घेरामा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई धम्की दिएका छन् । चलचित्रमा कोमराम भीमको प्रस्तुतीमा उनले आपत्ती जनाउँदै निर्देशकलाई धम्की दिएका हुन् । चलचित्रका मुख्य नायक जुनियर एनटीआरको लुक्स […]
निर्माता छविराज ओझालाई चलचित्र क्षेत्रको ‘बाघ’ भनिन्छ । तर, छविराज चलचित्र निर्माणबाट सुस्ताएको केही वर्षा भयो । नायिका शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतसम्म पुगेपछि छवि सुस्ताएका हुन् । तर, अब छविले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर […]
१३ कात्तिक, काठमाडौं । र्याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो […]
काठमाडौं । यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने भएको छ । सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम यसवर्ष स्थगित भएको जानकारी दिएका हुन् । ‘हाम्रा लाखौंँ समर्थक शुभेच्छुक, दर्शक, श्रोताहरूको माग र चाहना हुँदाहुँदै पनि हामी यो वर्षको […]
चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा उक्लेको छ । यूट्यूव ट्रेन्डिङलाई लोकप्रियताको मानक मान्ने हो भने गीतले अत्यधिक लोकप्रिय बनिरहेको मान्नुपर्ने हुन्छ । ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै हो । कम्तीमा टिनएजर्सले यो गीत सुनेर मज्जा लिइरहेको त स्वीकार्नैपर्छ । […]
गत महिना सोह्रश्राद्ध चलिरहँदा, नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड आफ्नी ‘आमाहरू’को सम्झनामा कोरोना भाइरस महामारीका कारण छाक टार्न नसकेका मानिसलाई काठमाडौँको नयाँ बसपार्कमा खाना खुवाउन व्यस्त थिए । सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएका ओड आज नेपाली सङ्गीत जगतका परिचित नाम हुन् । सफलताको यस खुट्किलामा पुगिसक्दा पनि ओडले आफ्नो धरातल, दुःख र […]
११ कात्तिक, काठमाडौं । कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् । यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको […]
दशैंमा हल खुलेको खण्डमा हलमा चलचित्र रिलिज गर्ने निर्माता शोभित बस्नेतको योजना पुरा भएन । उनले निर्माण गरेको चलचित्र ‘लक्ष्मी पूजा’ आजबाट टेलिभिजनमा रिलिज भएको छ । डीसहोम, म्याक्स टीभी, नेट टीभी, भिया टीभी र मेरो टीभीबाट यो चलचित्र रिलिज गरिएको निर्माता बस्नेतले जानकारी दिए । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा समिर मियाँको […]
नायक पुष्प खड्काको चलचित्र क्षेत्रमा क्रेज राम्रो बनिरहेको छ । बलियो अभिनय प्रस्तुतीका कारण पनि पुष्पलाई चलचित्रको अफर आइरहेको हो । पुष्पले अभिनय गरेको चलचित्र ‘चालबाज’ तयार भैसकेको छ । उनै, पुष्प दशैं लगतै चलचित्र ‘कृष्ण लिला’मा काम गर्दैछन् । यो चलचित्रमा उनले दिपिका प्रसाँइसँग काम गर्दैछन् । यो चलचित्रको छायांकन सकिएपछि पुष्प एक एक्सन […]
बलिउड नायिका कट्रिना कैफ एक सुपरहिरो चलचित्रमा भरपुर एक्सन गर्ने तयारीमा छिन् । निर्देशक अली अब्बास जफरको साथमा उनले तेश्रो पटक काम गर्न लागेकी हुन् । अलीले निर्देशन गरेको ‘टाइगर जिन्दा हे र भारत’मा उनले काम गरिसकेकी छिन् । यो चलचित्रमा सुपरवुमन बन्ने तयारीमा रहेकी कट्रिनाले ट्रेनिङ पनि लिइरहेकी छिन् । उनी, पहिलो पटक चलचित्रमा […]
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ । टिकटकको लोकप्रियतालाई ध्यान राखेर एच.पी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै बसिबसि देशको विभिन्न स्थानमा रहेका नवप्रतिभाले अनलाइन मार्फत प्रतिस्पर्धा सहभागिता जनाउन सक्नेछन् । प्रतिभा भएका अवसरवाट बञ्चित प्रतिभालाई लक्षित गरेर ‘टिकटक स्टार’ आयोजना गरिएको आयोजक संस्थाका […]
भारतमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक ५० हजार माथि छ । तर, पनि भारतमा हलहरु खुलेका छन् भने चलचित्रको छायांकन पनि सुरु गरिएको छ । नायक जोन अव्राहिम र नायिका दिव्या खोस्ला कुमारको मुख्य भूमिका रहने चलचित्र ‘सत्यमेव जयते २’को छायांकन लखनउबाट सुरु गरिएको छ । निर्देशक मिलन जाभेरीले भारतीय मिडियासँग कुराकानी गर्दै पहिलो दिन […]
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । मृत्यु हुनेको संख्या पनि दैनिक बढिरहेको छ । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् । निर्देशक तथा कलाकार निश्चल बस्नेतले सरकारले साधारण […]
गायिका अञ्जु पन्तकी छोरा परितोसिका पन्तले अभिनयमा डेब्यू गरेकी छिन् । आफ्नै आमा अन्जुको स्वर तथा संगीतमा तयार भएको गीत ‘धेरै माया नदेउ’को म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । उनको साथमा भिडियोमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । अन्जुकी छोरी परितोसिकालाई निर्देशक निकेश खड्काले भिडियोमार्फत अभिनय यात्रामा डेब्यू गराएका हुन् । भिडियोमा कथा खोज्ने […]
काठमाडौं – निर्माता रोहित अधिकारीले ‘छ माया छपक्कै’ को सिक्वेल निर्माण गर्ने बताएका छन् ।गतवर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेल बन्नेबारे रोहितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘छ माया छपक्कै २ पक्कै बन्छ, तर धेरै कुराहरु फेरिनेछन्,’ रोहितले लेखेका छन् ।यो फिल्मको काम तत्काल भने हुने छैन । फिल्मको कथा दीपेन्द्र लामाले […]