होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • विपिनको ‘सेल्फी किङ्ग’लाई युटुबमा सुखद प्रतिक्रिया
मनोरञ्जन

विपिनको ‘सेल्फी किङ्ग’लाई युटुबमा सुखद प्रतिक्रिया

  • नागरिक रैबार
विपिनको ‘सेल्फी किङ्ग’लाई युटुबमा सुखद प्रतिक्रिया

हलमा रिलिज भएको ८ महिनापछि चलचित्र ‘सेल्फी किङ्ग’लाई युटुबमा रिलिज गरिएको छ ।

एक कलाकारको कथामा यो चलचित्र निर्माण भएको छ । चलचित्रको मुख्य भूमिकामा नायक विपिन कार्की छन् । विपिनको साथमा चलचित्रमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रको लेखन तथा निर्देशन विशाल सापकोटाले गरेका हुन् ।

 

विज्ञापन

चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानी छ । चलचित्रमा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुभाष भुषालको संगीत छ ।

यो चलचित्रले हलमा निकै कमजोर व्यापार गरेको थियो । दर्शकले यो चलचित्रको कथालाई खासै रुचाएका थिएनन् ।

तर, युटुबमा भने यो चलचित्रलाई सुखद प्रतिक्रिया मिलिरहेको छ । चलचित्रले मन छोएको प्रतिक्रिया धेरै दर्शकको छ । यस्तै, दर्शकले नायक विपिन कार्कीको अभिनयको पनि प्रशंसा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार