होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • विदेशमा रहेका नेपालीले मोबाइलबाटै पैसा पठाउन सक्ने
सूचना-प्रविधि

विदेशमा रहेका नेपालीले मोबाइलबाटै पैसा पठाउन सक्ने

  • नागरिक रैबार
विदेशमा रहेका नेपालीले मोबाइलबाटै पैसा पठाउन सक्ने

काठमाडौं- विदेशमा रहेका नेपालीले अब मोबाइलबाटै पैसा पठाउन सक्ने भएका छन् ।वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको हो ।यसअघि रेमिट्यान्स बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए।नयाँ व्यवस्थापछि भने मोबाइलबाटै व्यक्ति स्वयमले पैसा पठाउन सक्ने भएका छन् ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक परिपत्र मार्फत विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो।बैंकका अनुसार त्यसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीले विदेशमा काम गरिरहेका नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका विद्युतीय भुक्तानी गर्ने संस्थासँग भने आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।

विज्ञापन

राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविक व्यवस्थाका अतिरिक्त तोकिएको सर्त र सीमासहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि

भर्खरै