होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मदन घिमिरेको निर्देशनमा ‘आँधी तुफान-२’ निर्माण हुँदै
मनोरञ्जन

मदन घिमिरेको निर्देशनमा ‘आँधी तुफान-२’ निर्माण हुँदै

  • नागरिक रैबार
मदन घिमिरेको निर्देशनमा ‘आँधी तुफान-२’ निर्माण हुँदै

काठमाडौं । फिल्म लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘आँधी तुफान २’ को निर्देशन मदन घिमिरेले गर्ने भएका छन् । बिहिबार विश्वकर्मा पुजाको अवसर पारेर निर्माता श्रेष्ठले आफ्नो फिल्मको निर्देशन जिम्मेवारी घिमिरेलाई दिएका हुन् । फिल्म निर्देशन सम्बन्धमा निर्देशक घिमिरे र निर्माता श्रेष्ठ बिच बिहिबार सौझौता भएको छ । निर्देशक घिमिरेले यस अगाडि थुप्रै हिट फिल्म दिएका छन् ।

बिहिबार फिल्मको एक गीतको समेत काम भएको छ । संगीतकार विकास चौधरीको संगीतमा उदितनारायण झाले गाउने गरेर एक गीतको काम समेत भएको निर्माता श्रेष्ठले जानकारी दिए । २०६१ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो फिल्म बन्न लागेको हो । एक्सनले भरिएको ‘आँधी तुफान’ मा तीन अभिनेत्री पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेलगायतको मुख्य भूमिका रहेको थियो ।

यी कलाकार अहिले अभिनयमा सक्रिय नभएकोले सिक्वेलमा अहिले चलेका कलाकार रहने निर्माता श्रेष्ठको भनाई रहेको छ । ‘आँधी तुफान २’ को लेखन निर्माता श्रेष्ठ आफैंले गरेका हुन् । सत्य घटनामा आधारित रहेर निर्माण हुन लागेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । कोरोनाको कहर केही साम्य हुने बितिकै छायाँकनमा जाने गरेर अहिले फिल्मको प्रि प्रोडक्सन काम भइरहेको छ । केही दिनमै फिल्मका कलाकार समेत सार्वजनिक गर्ने योजना निर्माण युनिटको रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै