होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘कसले चोर्यो मेरो मन २’ बनाउने छविको तयारी
मनोरञ्जन

‘कसले चोर्यो मेरो मन २’ बनाउने छविको तयारी

  • नागरिक रैबार
‘कसले चोर्यो मेरो मन २’ बनाउने छविको तयारी

निर्माता छविराज ओझालाई चलचित्र क्षेत्रको ‘बाघ’ भनिन्छ । तर, छविराज चलचित्र निर्माणबाट सुस्ताएको केही वर्षा भयो । नायिका शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतसम्म पुगेपछि छवि सुस्ताएका हुन् । तर, अब छविले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् ।

आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । अनलाइनखबरसँग कुरा गर्दै सविरले भने–‘यो चलचित्रको तयारी भएको हो । तर, लकडाउनका कारण काम रोकिएको छ । चलचित्रको कथा छेतन गुरुङले लेखिरहनुभएको थियो । छेतनजीको निधन भएपछि कथाको काम पनि रोकिएको छ ।’

सविरका अनुसार, चलचित्रलाई छविराज ओझाले निर्माण गरेपनि छविराज प्रोडक्शनबाट यो चलचित्र बन्नेछैन । कुनै नयाँ नामको कम्पनीबाट छविले चलचित्र बनाउनेछन् ।

विज्ञापन

नयिका रेखा थापाले चलचित्र ‘कसले चोर्यो मेरो मन फेरि’ बनाउने तयारी गरेकी थिइन् । तर, यो चलचित्र निर्माण हुन सकेन । रेखा फिल्मस्बाट बनेको ‘कसले चोर्यो मेरो मन’ सर्वाधिक हिट भएको थियो । चलचित्रमा रेखा र आर्यन सिग्देलको मुख्य भूमिका थियो । तर, ‘कसले चोर्यो मेरो मन २’मा भने नयाँ कलाकार लिने तयारी छविको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार