होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • निश्चल लेख्छन्–‘सरकारले जनतालाई मान्छे गन्दैन’
मनोरञ्जन

निश्चल लेख्छन्–‘सरकारले जनतालाई मान्छे गन्दैन’

  • नागरिक रैबार
निश्चल लेख्छन्–‘सरकारले जनतालाई मान्छे गन्दैन’

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । मृत्यु हुनेको संख्या पनि दैनिक बढिरहेको छ । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् ।

निर्देशक तथा कलाकार निश्चल बस्नेतले सरकारले साधारण जनतालाई मान्छे गन्दैन भन्ने पुष्टी भएको उल्लेख गरेका छन् ।

 

विज्ञापन

उनी लेख्छन्–‘आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरेपनि हुने । जनताको उपचार आफै गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरि छर्लङ्ग भयो । महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजिसकेछ । राम्रो रोज्ने मौका त हामीले गुमायौं, अब ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो ।’

निश्चल जस्तै अन्य केही चलचित्रकर्मीहरुले महामारीको बेलामा पनि सरकारले जनतालाई आफू भएको आभाष दिलाउन नसकेको भन्दै आलोचना गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार