होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ यो बर्षको इदमा रिलिज हुन सकेन । कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि चलचित्र रिलिज हुन नसकेको हो । यो चलचित्रमा प्रभुदेवाको निर्देशन छ । चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा पनि यो चलचित्रलाई जी स्टूडियोले महंगो रकममा खरिद गरेको […]
गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् । कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा करन चौसिरको छायांकन छ । मनोज कार्कीले यो भिडियोमो सम्पादन गरेका […]
सार्वजनिक भएको १८ दिनमा संगीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको गीतले १ करोड भ्यूज पार गर्यो । यसअघि यति छोटो समयमै १ करोड भ्यूज गायक प्रकाश सपुतको ‘गलबन्दी’ले पाएको थियो । यसको अर्थ, राजनराज र प्रकाशको गीतले एउटै गतीमा करोड भ्यूज पाउन सफल भए । नेपाली गीत–संगीत पछिल्लो केही बर्षयता युट्युबको भ्यूज ट्रेन्डिङको […]
नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांक सकेर घरमै आराम गरिरहेका छन् । दशै अगाडिबाट सुरु भएको चलचित्रको दौडधुपले अनमोलले आफूलाई पर्याप्त समय दिन पाएका थिएनन् । उनै, अनमोल अहिले भने नेपालका विभिन्न रमणीय स्थानमा घुमिरहेका छन् । अनमोल भन्छन्–‘मलाई नेपालका सबै सडकमा पुग्न मन लागेको छ । नेपाल प्राकृतिक रुपमा […]
काठमाडौं । साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ’को सार्वजनिक भएको छ । दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजना रहेको छ । गीतको भिडियोमा अभिनेत्री एलिजा गौतम र स्वयम् गायक सनिश श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतमा प्रेमकथा बुनिएको छ । […]
आजबाट २ नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ रि–रिलिज गरिएको हो । पुरानै चलचित्र चलेका कारण पनि दर्शकको उत्साह कम भएको हुनसक्छ । चलचित्र संघले गरेको निर्णयमा केही चलचित्रकर्मीले ऐक्यवद्धता जनाए । काठमाण्डौको सिभिल मलमा चलचित्र ‘सेन्टी भाइरस’ हेर्न पुगेका चलचित्रकर्मीले अब विस्तारै माहोल बन्दै जाने बताए । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले […]
काठमाडौं– अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको सिनेमा ‘साङ्लो’ युट्यबमा सार्वजनिक भएको छ । गत वर्ष माघमा प्रर्दशन भएको सिनेमा बिहिबार युट्यबमा सार्वजनिक गरिएको हो । विराजको डेब्यू निर्देशित सिनेमाले बक्सअफिसमा औसत व्यापार गरेको थियो । सिनेमा विराजसँगै अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ […]
हलमा रिलिज भएको २ बर्ष भन्दा बढी समयपछि चलचित्र ‘छक्का पन्जा ३’ युटुबमा रिलिज भएको छ । हाइलाइट्स नेपालले बुधबार यो चलचित्र युटुबमा रिलिज गरेको हो । रिलिजको १५ घन्टामा चलचित्रलाई ६ लाख भन्दा बढी पटक हेरिएको छ । चलचित्रलाई ३० हजार लाइक समेत मिलेको छ भने ४ हजारले डिसलाइक गरेका छन् । यो चलचित्रलाई […]
चर्चित अभिनेत्री तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छन्। एक कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन्। विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला […]
नायिका आँचल शर्माले २ महिनाअघि आफ्ना लागि एक सहयोगी हायर गरिन् । आँचलले म्यानेजर राखेको भन्दै मिडियामा समाचार नै बन्यो । कुनै सेलिब्रिटीले निश्चित पारिश्रमिक दिएर व्यक्तिगत सहयोगी नियुक्त गर्नु बलिउड–हलिउडतिर अति सामान्य विषय हो । तर, नेपालमा सबै सेलिब्रिटीले यसरी पर्सनल सेक्रेटरी वा म्यानेजर राख्न सक्दैनन् । त्यसैले कसैले राख्यो भने समाचार बन्छ । […]
नागरिक रैबार/बाजुरा ८ पुस। चर्चित म्युजिक एरेन्जर तथा गायक विनोद बाजुरालीको स्वरमा “मेराई भाणी फुल नाई” नामक देउडा गीत बजारमा आएको छ । लामो समयपछि बाजुरालीको स्वरमा देउडा गीत आएको हो । देउडा सर्जक राजेन्द्र शाह विपिको शव्दमा बजारमा आएको उक्त गीतमा विनोद बाजुराली र निरुता खत्रीको आवाज रहेको छ ।खप्तड डिजिटल म्युजिक सेन्टरको प्रस्तुतिमा […]
गायक लोक पौडेलले कृष्णको महिमा झल्कने ‘अलमल नगरौं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो भजनमा डाक्टर भोला रिजालको शब्द, नरहरि प्रेमीको संगीत छ । भिडियोमा मोडलद्धय अन्जली अधिकारी र राज खड्काको अभिनय हेर्न सकिन्छ । बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् ।
सिमकोट : हिउँदको याम सुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जना सम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताईन् । कर्णाली नदी […]
शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ । योसँगै पौष १० गते हलमा कुन चलचित्र चल्छ भन्ने चासो पनि छ । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा […]
दाङ : दाङमा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो । शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ […]
विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर […]
नागरिक रैबार बाजुरा ५ पुस जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ का सामुदायिक तथा निजि विद्यालयहरू १० दिनका लागि बन्द गरिने भएका छन् । सदरमुकाम मार्तडी स्थित मालिका नमुना माद्यामिक विद्यालयका ४ जना विद्यार्थीमा काेराेना पाेजेटिभ देखिएपछि साे विद्यालय लगायत ८ र ९ का सबै सामुदायिक तथा निजि विद्यालय १० दिनका लागि बन्द […]
काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने यो हल अब पुरानो स्वरुपमा रहने छैन । यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । गोपिकृष्णमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । अब, दर्शकले चलचित्र हेर्नका लागि ओम, नम […]
नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै एलिजाले भनिन्–‘चैत्र ११ गते परेको मेरो जन्मदिनबाट मैले यो कार्यको सुरुवात गर्न लागेकी हुँ । अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी छ । भूकम्परहित ३ कोठाको घर बनाएर मैले यो अभियानलाई सुरु […]
गतबर्षको बैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ युटुबमा सार्वजनिक भएको एक साता भयो । युटुबमा सार्वजनिक भएको एक सातामा नेपालमा नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रलाई २२ लाख भन्दा बढी पटक हेरिएको छ । यो चलचित्रले हलमा औषत व्यापार गरेको थियो । निर्माताले लगानी सुरक्षित गरेपनि चलचित्रले समिक्षागत रुपमा पनि निकै नै कमजोर प्रतिक्रिया पाएको […]