होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मलाई नेपालका सबै सडकमा पुग्न मन छः अनमोल केसी
मनोरञ्जन

मलाई नेपालका सबै सडकमा पुग्न मन छः अनमोल केसी

  • नागरिक रैबार
मलाई नेपालका सबै सडकमा पुग्न मन छः अनमोल केसी

नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांक सकेर घरमै आराम गरिरहेका छन् । दशै अगाडिबाट सुरु भएको चलचित्रको दौडधुपले अनमोलले आफूलाई पर्याप्त समय दिन पाएका थिएनन् । उनै, अनमोल अहिले भने नेपालका विभिन्न रमणीय स्थानमा घुमिरहेका छन् ।

अनमोल भन्छन्–‘मलाई नेपालका सबै सडकमा पुग्न मन लागेको छ । नेपाल प्राकृतिक रुपमा स्वर्ग हो । ती सबै स्थानमा पुग्ने इच्छा छ । हेरौ, कती संभव हुन्छ ।’

चलचित्र ‘ए मेरो हजुर ४’का लागि अनमोल करिब १० केजी दुब्लाउनुपर्ने हुन्छ । यसका लागि पनि आफू तयार हुँदै गरेको अनमोलले बताए । यो चलचित्रमा उनको ३ वटा चरित्र छ । २ वटा चरित्र उनले निर्वाह गरिसकेका छन् भने एउटा चरित्रको छायांकन फागुणमा सुरु हुनेछ ।

विज्ञापन

अनमोलले जाडोमा छायांकन नगरौ भनेपछि निर्माता सुनिलकुमार थापाले केही महिनालाई चलचित्रको छायांकन पछि सारेका हुन् । नायक अनमोल केसी शान्त ठाउँमा रमाउँछन् । चलचित्रबाट विश्राम पाएपछि आफू नेपालको सुन्दरतासँग रमाउन थालेको अनमोलले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार