शनिबार, माघ १०, २०७७
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • विनोद बाजुरालीको स्वरमा देउडागीत बजारमा(भिडियोसहित)
भिडियो

विनोद बाजुरालीको स्वरमा देउडागीत बजारमा(भिडियोसहित)

  • नागरिक रैबार
विनोद बाजुरालीको स्वरमा देउडागीत बजारमा(भिडियोसहित)

नागरिक रैबार/बाजुरा ८ पुस। चर्चित म्युजिक एरेन्जर तथा गायक विनोद बाजुरालीको स्वरमा “मेराई भाणी फुल नाई” नामक देउडा गीत बजारमा आएको छ । लामो समयपछि बाजुरालीको स्वरमा देउडा गीत आएको हो ।

देउडा सर्जक राजेन्द्र शाह विपिको शव्दमा बजारमा आएको उक्त गीतमा विनोद बाजुराली र निरुता खत्रीको आवाज रहेको छ ।खप्तड डिजिटल म्युजिक सेन्टरको प्रस्तुतिमा रहेको उक्त गीत पुस ६ गते सोमबार म्युजिक नेपालको अफिसियल युट्युव च्यानल मार्फत बजारमा आएको हो ।

गायक तथा संगीतकार बाजुरालीकै एरेन्जमा तयार भएको सो गीतको भिडियो निर्देशन भिम थापाले गरेका छन् । त्यस्तै भिडियोलाई डिवि रौलेले खिचेका हुन् भने सम्पादन प्रविन रेश्मीमगरले गरेका छन् । भिडियोमा जीवन जंग थापा र एलिना बोहोराले मुख्य अभिनय गरेका छन् । गीतका निर्माता गगन बोहरा रहेका छन् ।

विज्ञापन

स्टुडियो मालश्रीमा रेकर्ड गरिएको उक्त गीतलाई सम्पादन खड्क बाजुरालीले गरेका छन् । लामो समय पछि विनोद बाजुरालीको स्वरमा गीत सुन्न पाउँदा खुसी लागेको दर्शक श्रोताले प्रतिक्रिया दिएका छन् ।
भिडियो हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार