होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म
मनोरञ्जन

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म

  • नागरिक रैबार
एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म

चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् ।

निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र फाइनल भएकी छिन् । उनले, चलचित्रबाट राम्रो पारिश्रमिक पाएको बताएकी छिन् ।

एलिजाले  भनिन्–‘चलचित्रको कथावस्तु रोमान्टिक वा प्रेमकथामा छैन । यसले, समाजको कथालाई बोल्छ । यसैले पनि फरक भूमिका निर्वाहा गर्ने आशाका साथ मैले चलचित्र साइन गरेकी हुँ ।’

विज्ञापन

एलिजाले चलचित्रमा आफ्नो भूमिका चुनौतीपूर्ण भएपनि निर्वाहा गर्न सक्छु भन्ने लागेपछि साइन गरेको बताएकी छिन् ।दीपकले यो चलचित्रका लागि केही हप्ता अगाडि नायक विपिन कार्कीसँग पनि कुराकानी गरेका थिए । तर, नायक भने कोही पनि फाइनल भएका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार