होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बिर्सने बानीले आँचललाई सहयोगी चाहियो !
मनोरञ्जन

बिर्सने बानीले आँचललाई सहयोगी चाहियो !

  • नागरिक रैबार
बिर्सने बानीले आँचललाई सहयोगी चाहियो !

नायिका आँचल शर्माले २ महिनाअघि आफ्ना लागि एक सहयोगी हायर गरिन् । आँचलले म्यानेजर राखेको भन्दै मिडियामा समाचार नै बन्यो ।

कुनै सेलिब्रिटीले निश्चित पारिश्रमिक दिएर व्यक्तिगत सहयोगी नियुक्त गर्नु बलिउड–हलिउडतिर अति सामान्य विषय हो । तर, नेपालमा सबै सेलिब्रिटीले यसरी पर्सनल सेक्रेटरी वा म्यानेजर राख्न सक्दैनन् । त्यसैले कसैले राख्यो भने समाचार बन्छ ।

यतिबेला चलचित्र सम्वन्धि गतिविधि सुनसान छ । नायिका आँचल शर्माको हातमा पनि कुनै चलचित्र छैन । त्यसै अहिले किन उनले म्यानेजर हायर गर्न चाहिन् त ? कौतुहल यो पनि हो ।

विज्ञापन

आँचल चाहिा आफूले म्यानेजर नभएर व्यक्तिगत सहयोगी मात्रै राखेको बताउँछिन् । चलचित्र र म्यूजिक भिडियोको छायांकनका क्रममा सबै कुराहरु आफूले नभ्याउने भएकाले सहयोगी आवश्यकता परेको उनको भनाइ छ ।

आँचल भन्छिन्–‘मेरो बिर्सने बानी पनि छ । यसैले पनि सहयोगी राख्दा आफ्ना कामहरु याद हुने रहेछ । अर्कोतिर, चलचित्र वा म्यूजिक भिडियोको छायांकनमा पुग्दा धेरै सहयोग चाहिन्छ । त्यसैले मैले सहयोगी हायर गरेकी हुँ ।’

आँचलकी महिला सहयोगीले उनका कामहरु सम्झाउने, फोन उठाउने आदि काम गर्छिन् । तर, म्यूजिक भिडियो र चलचित्रमा काम गर्ने वा नगर्ने निर्णयमा उनको हात हुँदैन । आँचलले नयाँ चलचित्र बनाउने चर्चा पनि चलेको थियो । तर, आफूले चलचित्र बनाउन लागेको भएर सहयोगी राखेकी होइनन् उनले ।

आँचल भन्छिन्–‘चलचित्र बनाउने भन्ने सोच हो । तर, अहिले नै चलचित्र बन्दैन ।’

क–कसले राखेका छन् सहयोगी ?
नेपाली चलचित्रमा सिमित स्टारहरुले मात्रै व्यक्तिगत म्यानेजर र सहयोगी राख्ने गरेका छन् । अरु धेरै कलाकार चलचित्रदेखि स्टेज कार्यक्रम, विज्ञापन, फ्यानसँग कुराकानी, मिडियासँग सम्बन्ध सबै आफैंले व्यवस्थापन गर्छन् ।

नायक अनमोल केसीले समेत व्यक्तिगत रुपमा म्यानेजर राखेका छैनन् । तर, उनलाई सहयोग गर्ने टिम भने छ । दि सुपर काजोल फिल्मस्को म्यानेजरको रुपमा निराजन गिरीलाई निर्माता भूवन केसीले अनुवन्धित गरेको केही समय भयो । निराजनले अनमोल केसीलाई पनि सहयोग गर्दै आएका छन् । अनमोल विज्ञापन, चलचित्रको बिषयमा फाइनल आफै गर्छन् । तर, यसका लागि उनलाई पिता भूवन केसीले बढी सहयोग गर्ने गरेका छन् । चलचित्र ‘ए मेरो हजुर ४’ र ‘पारस’ को काम सकिएपछि म्यानेजर राख्ने सोचमा अनमोल रहेको वुझिएको छ ।

नायिका नम्रता श्रेष्ठले म्यानेजर राखेको केही बर्ष भयो । नम्रताको फोन सिधै उनले उठाउँदिनन् । उनको म्यानेजरसँग कुरा गरेपछि मात्र नम्रतासँग सम्पर्क गर्न सकिन्छ ।

नायक राजेश हमालले म्यानेजर राखेको पनि लामो समय नै भयो । करिब १४ बर्ष हमाललाई रोशन हमालले साथ दिदै आएका थिए । रोशनले हमालको चलचित्रको बिषयमा कुरा गर्नेदेखि उनको सेड्यूल मिलाउने काम गर्दै आएका थिए । अहिले पनि हमाल म्यानेजरलाई लिएर नै हिड्ने गरेका छन् ।

यी बाहेक केही कलाकार छन् जसले म्यानेजर वा सहयोगी राख्ने गरेका छन् । तर, बलिउड कलाकारको जस्तो एउटै कलाकारको ठूलो टिम भने नेपाली कलाकारसँग छैन । नेपाली कलाकारहरु अधिकांश काम आफै गर्दै आएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार