होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सोलुखुम्बुको सिसाखोलामा भएको विद्यालय स्तरीय फुटबल प्रतियोगिता चिम्दिङ आधारभूत विद्यालयले जितेको छ । सिसाखोला आधारभूत विद्यालयको आयोजनामा गत हप्ता भएको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय प्रतियोगितामा पत्ताले आधारभूत विद्यालय दोश्रो, घुन्सा तेश्रो र सिसाखोला आधारभूत विद्यालयले चौथो स्थान प्राप्त गरेको छ । प्रतियोगिताका विजेता चिम्दिङ आधारभूत विद्यालयले १५ हजार नगदका साथमा शिल्ड […]
रसुवा राम्चे घर भै हाल साइप्रसमा रहनुहुने म्हेन्दा तामाङको नेतृत्वमा आर्थिक सहयोग रु.६१ हजार संकलन गरि भगवान बुद्धको मुर्ती खरिद गरिएको बताएकी छन् । हाल साइप्रसमा रहेकी म्हेन्दा तामाङ,शर्मिला तामाङ,माया थिङ तामाङबाट रु.५० हजार र जीना तामाङ रु.६ हजार सीता तामाङ रु.५ हजार गरि कुल ६१ हजार संकलन गरेर भगवान बुद्धको मुर्ती ,पुजापाठका लागि आवस्यक […]
सगरमाथाको प्रवेशद्वार नाम्चेबजारमा पानीबाट घुम्ने आधुनिक माने र जलपार्क निर्माण गरिएको छ । स्थानीय सरोकारवालाहरुको पहलमा ४ करोड ३२ लाखको लागतमा ती संरचनाहरुको निर्माण सम्पन्न गरि बुधबार नाम्चे गुम्बालाई हस्तान्तरण गरिएको हो । पर्यटन बोर्ड, अन्य सरकारी निकाय, स्थानीय व्यवसायी समेतको सहयोगमा निर्माण सम्पन्न भएको धार्मिक तथा पर्यटकीय पुर्वाधारको निर्माण समिति अध्यक्ष छिमिकाल्देन शेर्पाले गुम्बा […]
साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् । कामीरिताले २२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनीपछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा […]
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पर्यटन विभागले जनाएको छ। विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन् । आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य […]
यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा कम्तीमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ सगरमाथा र मकालु हिमाल आराेहण सकेर फर्कँदै गरेका दुई भारतीयकाे बाटाेमा मृत्यु भएकाे छ भने एकजना बेपत्ता छन् । बिहीबार आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । ‘उनी त्यहाँ सुतेको सुत्यै भए,’ सेभेन समिट […]
ओखलढुंगाको रावादोलु फलटे भुसिङ्गा लाई संघीय राजधानी संग जोड्ने लिखु भुसिङ्गा सडक खण्ड सञ्चालनमा अाएको करिब अाधा दशक बित्यो तर सोही सडक खण्डको स्तर उनाती हुन नसक्दा स्थानीय यात्रु जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् सडक जिर्ना बन्द एक तिर स्थानीयको यात्रा कष्टकर भईरहेको छ बने अर्कोतिर बर्खा याम सुरु हुनेबित्तिकै सडक बन्द हुन्छ । […]
समाज कल्याण परिषद् खारेज हुने भएको छ । सरकारले परिषद् खारेज गरी सामाजिक विकास ऐन मस्यौदा ल्याउन लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उच्च स्रोतले जनायो । उक्त स्रोतका अनुसार एक महिनाभित्र मन्त्रिपरिषद्मा ल्याउने गरी प्रधानमन्त्री कार्यालयले कार्ययोजना तोकेको छ भने त्यसको मस्यौदा तयार भइसकेको छ । प्रस्तावित मस्यौदामा परिषद्को सट्टा मन्त्रालय मातहत रहने […]