होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु , एक सम्पर्कविहीन
हिमाली

कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु , एक सम्पर्कविहीन

  • नागरिक रैबार
कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु , एक सम्पर्कविहीन

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पर्यटन विभागले जनाएको छ। विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन् । आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्।

नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ । यस वर्ष छवटा टोलीबाट ३४ जनाले कञ्चनजङ्घा आरोहणको नेपाल सरकारसँग अनुमति लिएको पर्यटन विभागले जनाएको छ। यो वसन्त ऋतुमा नेपालका विभिन्न ३० हिमाल चढ्न १०९ वटा टोलीका ८४६ जनाले अनुमति लिएका छन् ।

कसरी भयो मृत्यु ?
शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको पौडेलले बीबीसी नेपालीलाई बताए। करारको आरोहणकै क्रममा मृत्यु भएको हो ।
आरोहण दलका अन्य सदस्यलाई उद्धृत गर्दै पौडेलले भने, “झन्डै ८,००० को उचाइमा पुगेपछि करारलाई लेक लागेछ। बाटोमै फरक व्यवहार देखाउन थालेछन् र आक्रामक भएछन्। पछि उनी अचेत भएर ढलेछन्।”

विज्ञापन

शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको उनले बताए । पौडेलका अनुसार बुधवार राति आठ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि चिलेका पर्वतारोही भने सम्पर्कविहीन भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार