होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा
हिमाली

नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

  • नागरिक रैबार
नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

सगरमाथाको प्रवेशद्वार नाम्चेबजारमा पानीबाट घुम्ने आधुनिक माने र जलपार्क निर्माण गरिएको छ । स्थानीय सरोकारवालाहरुको पहलमा ४ करोड ३२ लाखको लागतमा ती संरचनाहरुको निर्माण सम्पन्न गरि बुधबार नाम्चे गुम्बालाई हस्तान्तरण गरिएको हो । पर्यटन बोर्ड, अन्य सरकारी निकाय, स्थानीय व्यवसायी समेतको सहयोगमा निर्माण सम्पन्न भएको धार्मिक तथा पर्यटकीय पुर्वाधारको निर्माण समिति अध्यक्ष छिमिकाल्देन शेर्पाले गुम्बा व्यवस्थापन समिति अध्यक्ष छिरि पेन्जो शेर्पालाई हस्तान्तरण गरे । पानीबाट घुम्ने ५ वटा माने, प्रवेशद्धार, जलपार्क, स्तुपा र स्वर्गीय आरोही पेम्बा डोमा शेर्पाको स्मृतीपार्क करिब ४ बर्षको अवधिमा निर्माण गरिएको हो ।

कार्यक्रममा पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाले स्वर्गिय आरोही पेम्बा डोमा शेर्पाको शालिक अनावरण गरेका थिए । सो अवसरमा मन्तब्य राख्दै उक्त परियोजनाका परिकल्पनाकार एवं समाजसेवि आङफिन्जो शेर्पाले धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण मार्फत खुम्बु क्षेत्रको पहिचानमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । पर्यटन व्यवसायी निमानुरु शेर्पाले नयाँ बनेका संरचनाले एैतिहासिक महत्व राख्ने भन्दै नाम्चेको पर्यटनमा नयाँ आयाम थपिने आशा राखे । निर्माण समितीका अध्यक्ष छिमिकाल्देन शेर्पाले सिंगो समुदायका लागि आफुहरुले अहोरात्र खटेर परियोजना सम्पन्न गरेको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार