होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • सगरमाथा र मकालुमा आरोहण सकेर फर्कदा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता
हिमाली

सगरमाथा र मकालुमा आरोहण सकेर फर्कदा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता

  • नागरिक रैबार
सगरमाथा र मकालुमा आरोहण सकेर फर्कदा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता

यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा कम्तीमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ

सगरमाथा र मकालु हिमाल आराेहण सकेर फर्कँदै गरेका दुई भारतीयकाे बाटाेमा मृत्यु भएकाे छ भने एकजना बेपत्ता छन् ।

बिहीबार आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । ‘उनी त्यहाँ सुतेको सुत्यै भए,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले जानकारी दिए ।

विज्ञापन

सैनिक ठाकुर सेभेन समिटको व्यवस्थापनमा आरोहणमा गएका थिए । ८ हजार मिटर उचाईमा रहेको शिविरबाट ठाकुरको शव उद्धार गर्न केही दिन लाग्ने बताइएको छ ।

यसैबीच यही कम्पनीको व्यवस्थापनमा संखुवासभामा रहेको मकालु हिमाल आरोहण सकेर फर्किँदै गर्दा अर्का भारतीय सैनिक नारायण सि‌ंहको पनि मृत्यु भएको अध्यक्ष शेर्पाले बताए ।

८४८१मिटर उचाईको मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकत्ता घर भएका दिपंकर घोष हराइरहेका छन् । बिहीबार साँझ आरोहण सकेर फर्कनेक्रममा उनी हराएका थिए ।

यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा कम्तीमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ भने दुई विदेशी बेपत्ता भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार