होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • सिसाखोलामा भएको फुटबलमा चिम्दिङ विजयी, विद्यार्थीलाई विभिन्न सामग्री वितरण
हिमाली

सिसाखोलामा भएको फुटबलमा चिम्दिङ विजयी, विद्यार्थीलाई विभिन्न सामग्री वितरण

  • नागरिक रैबार
सिसाखोलामा भएको फुटबलमा चिम्दिङ विजयी, विद्यार्थीलाई विभिन्न सामग्री वितरण

सोलुखुम्बुको सिसाखोलामा भएको विद्यालय स्तरीय फुटबल प्रतियोगिता चिम्दिङ आधारभूत विद्यालयले जितेको छ । सिसाखोला आधारभूत विद्यालयको आयोजनामा गत हप्ता भएको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय प्रतियोगितामा पत्ताले आधारभूत विद्यालय दोश्रो, घुन्सा तेश्रो र सिसाखोला आधारभूत विद्यालयले चौथो स्थान प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता चिम्दिङ आधारभूत विद्यालयले १५ हजार नगदका साथमा शिल्ड र मेडल प्राप्त गरेको छ । यस्तै अन्य विजेता टिमले क्रमशः नगद १० हजार र ५ हजारको साथमा शिल्ड र मेडल प्राप्त गरेको छ भने सिसाखोला आधारभूत विद्यालयले ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोलकर्तालाई मेडल र ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिता सिसाखोला आधारभूत विद्यालयको सहयोगी संस्था “बम्जन एण्ड डोल्मा समाज सेवा नेपाल” को सहयोगमा आयोजना भएको हो । प्रतियोगिताको नगद पुरस्कार एभ्रेष्ट लिंक प्रा.लि.का बुद्ध तामाङले प्रायोजना गरेका थिए । प्रतियोगिताका लागि जर्सी, ट्रफी, मेडल, नेट र फुटबल क्यानेडियन नागरिक पाप्पा इयोन व्हाइटले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ ।

विज्ञापन

सोही अवसरमा बम्जन एण्ड डोल्मा समाज सेवा नेपालले सिसाखोला आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ज्याकेट, टोपी, झोला, जुत्ता, स्टेशनरी लगायत्का सहयोग सामग्री वितरण गरिएको थियो । कार्यक्रममा सहयोगी दातालाई सम्मान समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार