होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने निर्णय निर्वाचन आयोगले गर्ने बताएका छन्। मंगलबार संसदमा उक्त निर्णयको विषय सरकारको नभएको बताउँदै उनले आयोगले गर्ने निर्णयमा सहयोग गर्ने दायित्व सरकारको भएको बताएका हुन्। त्यसको मतणना गर्ने कि त्यहाँ पुनः मतदान गर्ने सरकारले भन्दा पनि निर्वाचन आयोगले नै निर्णय गर्ने हो। […]
नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ। पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ। पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला […]
बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले चौथो पटक निर्वाचन अधिकृत फेरबदल गरेको छ । आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो । कठायतभन्दा अगाडि अटाएका तीन जना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन् । कठायत पनि बाजुरा पुगेका छैनन् । […]
नागरिक रैबार/बाजुरा २० जेठ। बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए । काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल […]
देशब्यापी रुपमा बाजुरा यतिबेला अभूतपूर्व चर्चाको शिखरमा छ । मानव विकास सूचांकमा सबैभन्दा पुछारमा रहेको बाजुराका अनेक सन्दर्भहरु यसअघि पनि बेलाबेला राष्ट्रिय चर्चाका विषय हुने नगरेका त हैनन्, तर यतिबेलाको सन्दर्भ भने नितान्त पृथक । अरु बेला भइरहने अक्सर चर्चाका सन्दर्भहरु यहाँका निमुखाहरुको भोक, रोग, गरिबी, विपन्नता, प्राकृतिक प्रकोपको वितण्डा या विकास सम्बन्धि घटनामा केन्द्रित […]
नागरिक रैबार/बाजुरा १९ जेठ। निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ।यहाँको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि ‘बुथ कब्जा भएको’ भन्दै विरोध भइरहेको थियो। नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै […]
कैलाली । निर्वाचन आयोगले छानबिन समितिले दिएको सुझावविपरीत बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको खुलेको छ । वैशाख ३० गते मतदानको क्रममा विवाद भएपछि त्यहाँ मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले निर्वाचन आयुक्त सगुन शमशेर जबराको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अनुगमनका लागि पठाएको थियो । समितिले प्रतिवेदन बुझाएलगत्तै निर्वाचन आयोगले पुन: […]
काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ । आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ । […]
नागरिक रैबार /बाजुरा १५ जेठ । नेकपा एमाले जिल्ला कमिटि बाजुराले बिज्ञप्ती जारी गर्दै बुढिगंगा नगरपालिकामा पुन: निर्बाचान गराउनु लोकतन्त्रको खिल्ली उडाउनु र जनतालाई मुटभेटमा लैजाने हर्कत भएको जनाएको छ । बुढिगंगा नगरपालिकामा संम्पन्न निर्बाचान स्थानिय तह निर्बाचान ऐन तथा नियामावली आचारसंहिता बिपरित निर्बाचन आयाेगले कानुनकाे खिल्ली उडाएकाे बिज्ञप्तीमा उल्लेख गरिएको छ । निर्बाचन आचारसंहिता […]
बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले उनको उपचार शुरु गरेका हुन। बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले […]
नागरिक रैबार /बाजुरा १३ जेठ । बैशाख ३० गते सम्पन्न भएकाे बाजुराकाे बुढीगंगा नगरपालिकाकाे निर्बाचनलाई निर्वाचन आयोगले जनताको जनमत बिरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुराले विराेध प्रदर्शन गरेकाे छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको मत गणना नगरी पुन निर्बाचन गराउने निर्वाचन आयाेगकाे निर्णय प्रति एमालेले बाजुरामा विराेध प्रदर्शन गरेको नेकपा एमाले […]
नागरिक रैबार/बाजुरा १३ जेठ। निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निणर्य गरेपछि नेकपा एमाले बाजुराका कार्यकर्ताहरु आक्रोसित बनेका छन्। निर्वाचन आयोगले बुढीगगा नगरबासीको जनमतको कदर नगरी पुन: मतदान गर्ने निर्णय गरेपछि बुढीगगा बासीले त्यसको विरोधमा सडक अवरुद्ध गरेको छ । निर्वाचन आयोगले बिहीबार सो नगरपालिकामा चुनाव निष्पक्ष नभएको ठहर गर्दै वैशाख ३० को […]
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवाद अदालतमा पुगेको छ ।एमालेले उच्च अदालत दिपायलमा मतगणनाको माग राखी दिएको निवेदनमा दुवै पक्षलाई छलफलका लागि डाकिएको छ । निर्वाचन आयोगले फेरि मतदानको निर्णय गरेपछि सर्वोच्च अदालतमा समेत रिट निवेदनको तयारी भएको छ । ३० वैशाखमा निर्वाचन भएपछि बुढीगंगाका निर्वाचन अधिकृतले मतगणना गर्ने वा फेरि निर्वाचन गर्ने भन्नेवारे […]
बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ । यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो । […]
बाजुरा । कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो। बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले […]
निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने […]
नागरिक रैबार/बाजुरा १० जेठ। आगोले जलेकि बाजुराकी एक महिला आर्थिक अभाबमा समस्या परेकि छन् । बुढिगंगा नगरपालिका वडा नम्बर १० बस्ने २३ बर्षकि लोकशरी कुवर अछामको बयलपाटा अस्पतामा रहेकि छन् । बयलपाटा अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि छन् । जेठ ३ गते घरमै आगाले जलेकी […]
नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा पुगेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा पुगेका बुझिएको छ । बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।
काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, “बाजुराको बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । तर अहिलेसम्म सुनिनियोजित रुपमा मतगणना सुरु गरिएको छैन । उल्टै पुनः […]
नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा आउन लागेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा आउन लागेको बुझिएको हो । बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।