होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण
समाचार

बुढीगंगामा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

  • नागरिक रैबार
बुढीगंगामा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

नागरिक रैबार/बाजुरा १७ असार। बुढीगंगा नगरपालिकामा यहि असार २३ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले अगुवा कार्यक्रर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

May be an image of 9 people, people sitting, people standing and indoor

नेकपा एमाले बुढीगंगा नगर कमिटीको आयोजनामा गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, केन्द्रिय सदस्य लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, सहदेव बोगटी र पार्टी केन्द्रिय परिसद सल्लाहकार सदस्य मिनबहादुर विष्ट र  जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीले प्रशिक्षण गरेका थिए ।

विज्ञापन

May be an image of 5 people, people sitting and indoor

असार २३ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट बुढीगंगामा उम्मेदवारी दिएका नगरप्रमुख/उपप्रमुख सहित १० वटै वडामा एमालेको बहुमत ल्याउने गरि बुढीगंगाका नेता तथा कार्यक्रर्तालाई प्रशिक्षण गरिएको एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।

May be an image of 1 person, sitting and standing

नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा संचालन गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कणर्बहादुर थापा रहेका थिए ।

May be an image of 4 people, people standing and indoor

त्यस्तै विशिष्ट अतिथि एमाले केन्द्रिय सदस्यहरु लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, सहदेव बोगटी जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही रहेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव भरत थापा, उपसचिव जनक बोहरा, प्रचार विभाग प्रमुख काँशी विक लगायत जिल्ला कमिटी सदस्य र बुढीगंगा नगरपालिकाका नेता कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो ।

May be an image of 4 people, people sitting, people standing and indoor

यस अघि बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुढीगंगामा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगाका १० वटै वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । असार २३ गते निर्वाचनको मिति तय भएसंगै नेकपा एमाले बुढीगंगा नगर कमिटीले निर्वाचन केन्द्रीत पार्टीका गतिविधिहरु अगाडि बढाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार