होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- साबिक च्याम्पियन्स लिग विजेता रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले शुक्रबार राति यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका बेन्जिमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् । महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका […]
काठमाडौँ — संसदीय निर्वाचनमा ८७ राजनीतिक दलले भाग लिने भएका छन् भने चुनाव चिह्न ७९ वटा रहने भएको छ । ७५ वटा दलले एकल चिह्न र चार वटाले संयुक्त समूहबाट प्रतिस्पर्धा गर्नेछन् । एउटा समूहमा चार वटासम्म दलको गठबन्धन भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिह्न […]
‘चुनाव भड्कलो बन्यो। उम्मेदवारले धान्नै नसक्ने खर्चिलो बन्यो’ भन्ने मतदाता र उम्मेदवार गुनासो गर्छन्। यसैलाई मध्यनजर गरेर चुनावी खर्चलाई घटाउन निर्वाचन आयोगले नयाँ उपायहरू खोज्दैछ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोजिएको उपाय कार्यान्वयन गर्ने सोच आयोगको रहेको निर्वाचन अधिकारी बताउँछन्। यसका लागि निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आयोगसँग भएको निर्वाचन आचारसंहिता परिमार्जन […]
नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् । पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । यसप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा […]
धनगढी: बैतडीमा छोटो दुरीका सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार आयोजना गरेको बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको हो। जिल्ला भित्र सञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताइएको […]
नागरिक रैबार/बाजुरा ९ भदौ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बाजुराको निबर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्र मध्ये बाजुरामा पनि सुदुरपश्चिम प्रदेश कार्यसमितिका सदस्य क्षेत्र नं १ (क) गणेश बहादुर विष्ट र सदस्य क्षेत्र नं १ (ख) राजेन्द्र बहादुर खड्का लाई निर्वाचन प्रतिनिधिको रूपमा […]
नागरिक रैबार/बाजुरा ९ भदौ। बाजुरामा एसईई ग्रेड बृद्धि दिने बिद्यार्थी १३ सय ५० रहेका छन । देश भर हुने एसईई ग्रेड बृद्धि परिक्षामा बाजुरामा पाँच वटा परिक्षा केन्द्र तोकिएका छन । राष्ट्रिय परिक्षा बोर्ड अनुसार देश भर हुने सईई ग्रेड वृद्धि परीक्षा ११ र १२ गते सन्चालन हुने भएको छ । जिल्लाको ९ वाटा स्थानीय […]
मकवानपुर- मकवानपुर जिल्ला हेटौंडा-८ कमानेकी आसमाया देउला हरेक दिन विहान साढे ३ बजे उठ्छिन् । विहान उठेपछि उनको पहिलो काम सडक बढार्ने हो । साढे ३ बजेबाट सारा बजार क्षेत्रका सडक बढारेपछि उनी ८/९ बजे घर पुग्छिन् । अनि सुरू हुन्छ उनको घरको सरसफाइ । आफू बस्ने घरभन्दा पहिले सडकको सरसफाइमा लाग्ने आसमायाले विगत २९ […]
काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउन सुरु गरेको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् । बालेनको यो ‘डोजर’ एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । […]
काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’ बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् […]
काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रपतिको गतिविधिबारे सत्ता गठबन्धनले नियालिरहेको बताए । ‘अब भोलिका दिनमा सुन्दै जानुहोला । राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्व प्रमुखहरुलाई बोलाएर राष्ट्रपति […]
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ । पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ । चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र […]
काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारलाई आफ्ना आयोजना र कार्यक्रमहरुबाट ‘मोनोरेल’ शब्द नै हटाउन निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले विश्वका अधिकांश मुलुकहरुबाट विस्थापित भइसकेको मोनोरेल नेपालको राष्ट्रिय गौरवको आयोजना ‘रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना’को नामबाट ‘मोनोरेल’ शब्द हटाउन भनेको हो । ‘यस (मोनारेल) अन्तरगतका बजेट तथा कार्यक्रमहरु समेत राखिरहन […]
बुटवल । राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउँदै आएको रुपन्देही-२ को निर्वाचनलाई सधैं चासोका साथ हेरिन्छ । यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो । २०५४ सालयताका सबै चुनाव जितेको एमालेविरुद्ध यसपटक सत्तारुढ ५ दलसहित ६ दलको गठबन्धन बन्दैछ । यो क्षेत्र सत्तारुढ गठबन्धनमध्ये कुन दलको भागमा पर्छ भन्ने टुंगो लागेको छैन […]
नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठक नेत्र चापागाईलाई अध्यक्ष र टंक धमलालाई महासचिवमा चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा ४५ सदस्यीय पदाधिकारी र १९९ सदस्य रहेका महासचिव धमलाले जानकारी […]
गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी समेत आरोहण गरेका छन् । उनले आफुले माउन्ट फुजी आरोहण गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजीमा उनले ‘पर्खाइमा भिज्यो सिरानी’ गीत समेत गाएका छन् । जलवायु परिवर्तनको […]
हिन्दी भाषामा समेत रिलिज हुन लागेको नेपाली फिल्म ‘प्रेमगीत ३’मा समावेश ‘कोई ना कोई नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा जुविन नौटियालको स्वर, पवनदिप राजनको संगीत र रुवी फुलारा र सुभाष कालेको शब्द छ । गीतको अडियो बेजोड छ । भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र नायिका कृष्टिना गुरुङलाई फिचरिङ […]
भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा […]
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् । बिहीबार ट्वीट गर्दै डा.भट्टराइएले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकुल भएन ।’ नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै […]