होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
समाचार

८७ दल, ७९ चिह्न

१२ दल चार चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने, ७५ दलले एकल रूपमा

  • नागरिक रैबार
८७ दल, ७९ चिह्न

काठमाडौँ — संसदीय निर्वाचनमा ८७ राजनीतिक दलले भाग लिने भएका छन् भने चुनाव चिह्न ७९ वटा रहने भएको छ । ७५ वटा दलले एकल चिह्न र चार वटाले संयुक्त समूहबाट प्रतिस्पर्धा गर्नेछन् । एउटा समूहमा चार वटासम्म दलको गठबन्धन भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र चिह्नको क्रम निर्धारण टुंग्याएको छ । यसअघिको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्या र निर्वाचन प्रयोजनका लागि निवेदन दिएको क्रम संख्याका आधारमा उम्मेदवारको चिह्न मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

यो निर्णयअनुसार प्रत्यक्ष र समानुपातिक मतपत्रको पहिलो नम्बरमा एमालेको निर्वाचन चिह्न सूर्य हुनेछ । दोस्रोमा कांग्रेसको रूख, तेस्रोमा माओवादी र नेपाल समाजवादीको गोलाकारभित्र हँसिया–हथौडा रहनेछ । चौथोमा जनता समाजवादी (जसपा) को छाता र पाँचौंमा राप्रपाको हलो चिह्न हुनेछ । छैटौंमा राष्ट्रिय जनमोर्चा र सातौंमा नेमकिपा रहनेछ ।

विज्ञापन

स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलका आधारमा जसपापछि रहेका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा पछाडि धकलिएका छन् । मतपत्रमा ३३ औं स्थानमा एकीकृत समाजवादीको कलम चिह्न रहनेछ । जसपाबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादीको साइकल चिह्न २६ औं स्थानमा रहने भएको छ ।

०७४ को निर्वाचनमा दलले प्राप्त गरेको समानुपातिक मतका आधारमा सात वटा पार्टीपछि दल दर्ताका लागि निवेदन दिने दलको नाम रहने भएको छ । आयोगमा निवेदन दिनेमा पहिलो नम्बरमा जनमत पार्टी थियो । अन्तिममा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको थियो । मतपत्रमा पनि यो पार्टीको गोलाकारभित्रको घण्टी अन्तिममा रहने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता निवेदन परेकामा एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन परेको थियो । ‘७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको संख्या ८७ कायम गरिएको छ,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने । प्रदेश १ मा ७०, मधेसमा ७५, वाग्मतीमा ७२ र गण्डकीमा ६६ दल सहभागी हुनेछन् । लुम्बिनी प्रदेशमा ६८, कर्णाली प्रदेशमा ६४ र सुदूरपश्चिम प्रदेशमा ६४ दल सहभागी हुने आयोगले जनाएको छ । आयोगका अनुसार चार वटा पार्टी एकल निर्वाचन चिह्नमा सहभागी हुने भएका छन् । दलहरूले माग गरेको एकल चिह्न प्रदान गर्ने आयोगले निर्णय गरेको हो ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रयोग गर्नुपर्ने भएको छ । थापाले चुनाव चिह्न गाई पाउनुपर्ने माग गर्दै आएका थिए । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रदान गरेको हो । स्थानीय तह निर्वाचनमा भने थापाले नै तीर रोजेका थिए । राप्रपाका पूर्वअध्यक्षसमेत रहेका थापाले गत फागुन ७ मा राप्रपा नेपाल घोषणा गरेका थिए ।

आयोगले ०७४ मा ९१ राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गरी चिह्न प्रदान गरेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ राजनीतिक दलले भाग लिएका थिए भने तीन महिनाअघि भएको स्थानीय तह निर्वाचनमा पनि ६३ दलले मात्रै भाग लिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार