होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा
समाचार

एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा

  • नागरिक रैबार
एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ । पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ ।

चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरुको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तरघातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेश गर्ने पनि एजेण्डा रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

पार्टीका ५२ हजार ५५० संगठित सदस्यहरुको नम्बर दोहोरिएकाले त्यसको व्यवस्थापन गर्ने, सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन पेश गर्ने, प्रवास कमिटीसम्बन्धी नियमावली बनाउने पनि बैठकको एजेण्डा रहेको उनले सुनाए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार