होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री देउवा आज बुटवल आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन […]
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]
नागरिक रैबार/बाजुरा १० भदौ । बाजुरामा राति १० बजे पछि तीज कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा हुने बिभिन्न नाँचगान लगायतका कार्यक्रमहरु राति १० बजे पछि गर्न नदिने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा […]
धनगढी । कैलालीमा हतकडीसहित एक युवक फरार भएका छन् । बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेका जोशीपुर गाउँपालिका–४ को वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा भागेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले उनका बुवा शम्भु चौधरीले दिएको निवेदनका आधारमा पक्राउ गरेर इलाका प्रहरी कार्यालय ल्याउने क्रममा […]
बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा […]
काठमाडौँ — अभिनेता प्रदीप खड्काले हलवालाले ‘प्रकाश’को सोलाई लिएर पक्षपात गरेको बताएका छन् । फिल्म प्रदर्शनको दिन शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मलेन गर्दै हलको सबैभन्दा ठूलो च्यानल रहेको ‘क्यूएफएक्स’लाई लक्षित गर्दै फिल्मको सो वितवरणमा भेदभाव भएको उनले बताएका हुन् । ‘मेरो खास कुरा वितरणमा पक्षपात भयो कि भएन भन्ने मात्र हो । झट्ट हेर्दा हाम्रो […]
नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेका चारजना नेतालाई जिम्मेवारी दिएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले नेताहरुलाई जिम्मेवारी दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकका निर्णयबारे जानकारी दिँदै रिजालले नेता जीवन गौतमले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज पाएका छन् भने अमृतलाल राजवंशी झापा जिल्ला कमिटीको सहइन्चार्ज भएका छन् । त्यस्तै धर्मदत्त देवकोटा […]
नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्ड र प्रक्रिया छनोट गरेपनि त्यसबारे शनिबारको बैठकले निर्णय गर्ने भएको छ । शुक्रबारबाट सुरु भएको बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ । त्यस्तै बैठकले विभिन्न पार्टी कामका लागि संगठन विभागका प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन […]
बाजुरा । जनताको साथमा काँग्रेस अभियान कोल्टीबाट सुरूवात गरेकाे छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै गाउँघरमा जनताको साथमा काँग्रेस अभियान संचालन गर्ने भनिए अनुसार केन्द्रिय प्रतिनिधि अर्जुनजंग िसंहको उपस्थितिमा शुक्रबार कोल्टीबाट सो अभियान सुरूवात गरिएको हो । जनतासंगै रहेको काँग्रेस आगामी […]
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले गर्नुपर्ने काम धरानका मेयर हर्कराज राईले गरिरहेको बताएका छन् । शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहालले मेयर राईको कामको प्रशंसा गरेका हुन् । यसअघि काठमाडौं आएका बेला मेयर राईले अध्यक्ष दाहाललाई भेटेर श्रमदानका लागि धरान आउन आग्रह गरेका थिए । कम्युनिस्ट पार्टीले […]
धनगढीः डोटी र डडेल्धुरामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ। यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिबार ट्रायल उद्घाटन गर्न लागेका हुन्। दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यालय प्रमुख मेखराज […]
जनकपुरधाम । न्यायका लागि संघर्षरत निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् । राजपुतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाद्ये सिफारिस गरेका थिए । […]
अछाम, १० भदौ। आफ्नो हजुरआमामाथि कुटपिट भइरहेको भिडियो खिच्ने नातीलाई अछाम प्रहरीले सम्मान गरेको छ। पञ्चदेवल विनायक नगरपालिका–६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई प्रहरीले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ। दीपेन्द्रलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा सुदूरपश्चित प्रदेश सरकारका आन्तरिक मामिला तथा […]
काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध भइरहेको घेराबन्दी अभेद्य नभएको बताएका छन् । पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण तत्कालका लागि चुनौतीपूर्ण भएपनि दिर्घकालीन हिसाबमा सकारात्मक रहेको बताएका छन् । राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र […]
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। गाउँपालिकाको वडा नम्बर ५ ले उक्त वडाका वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो। वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिलाई बैंक पुग्न असहज हुने हुँदा वडा कार्यालयबाटै भत्ता वितरण गरिएको बताइएको छ। वृद्धवृद्धा २५ जना र ५ जना […]
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । सत्तारुढ आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेले अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, […]
काठमाडौँ — सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कार्यदलको बैठकमा कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका हुन् । उनीहरूले दाबी गरेको कुल सिट संख्या २ सय २७ पुग्छ । जबकि […]
झापा : पछिल्लो समयमा हरितालिका तीज पर्वका नाममा विकृति–विसंगति बढ्न थालेको छ। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि हिन्दु नारीहरूले पौराणिक कालदेखि अवलम्वन गर्दै आएको धार्मिक परम्परा हो। तर, अहिले आएर कथित सहर बजारमा साउनको आरम्भसँगै भडकलो तथा उत्ताउलो पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भत्तेर, पहिरन गरगहना र अस्वभाविक शृंगारपटारले तीज […]
काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नका बावजुत पनि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएर पाँच खेलको शृंखलामा १-० को अग्रता लिइसकेको छ । […]
अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र […]