होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा रातीको समयमा तीज नमनाउन प्रशासनको आग्रह
समाचार

बाजुरामा रातीको समयमा तीज नमनाउन प्रशासनको आग्रह

  • नागरिक रैबार
बाजुरामा रातीको समयमा तीज नमनाउन प्रशासनको आग्रह

नागरिक रैबार/बाजुरा १० भदौ । बाजुरामा राति १० बजे पछि तीज कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा हुने बिभिन्न नाँचगान लगायतका कार्यक्रमहरु राति १० बजे पछि गर्न नदिने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सुरक्षा समितिको बैठकले उक्त निणर्य गरेको हो । सो बैठकले चाडबाड नजिकीए संगै बजार एरियामा मदिरा सेवन गरि हिड्नेहरुको संख्यामा बृद्धि भएकोले राति ९ बजे पछि मदिरा बिक्रि बितरण समेत नगर्न व्यापारीलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासनले गरेको निणर्यको उल्लघन गरेको पाईएमा काननु बमोजिम कार्बाही समेत गर्ने सहायक प्रजिअ बहादुर बिष्टले बताएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार