होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीज विकृतिमा प्रशासनको नजर
समाचार

तीज विकृतिमा प्रशासनको नजर

  • नागरिक रैबार
तीज विकृतिमा प्रशासनको नजर

झापा : पछिल्लो समयमा हरितालिका तीज पर्वका नाममा विकृति–विसंगति बढ्न थालेको छ। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि हिन्दु नारीहरूले पौराणिक कालदेखि अवलम्वन गर्दै आएको धार्मिक परम्परा हो।

तर, अहिले आएर कथित सहर बजारमा साउनको आरम्भसँगै भडकलो तथा उत्ताउलो पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भत्तेर, पहिरन गरगहना र अस्वभाविक शृंगारपटारले तीज भडकलो बन्न थालेको छ। यसैलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय झापाले तीज पर्वका नाममा बढेको विकृति–विसंगति रोक्न पहल सुरु गरेको छ।

प्रशासनले तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमको आयोजना गरे कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले एक सूचना जारी गरी प्रचलित कानुनको विपरीत हुने गरी कोही कसैले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमको आयोजना गरे-गराएमा कारवाही बताएका हुन्।

विज्ञापन

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार सुधार नियमावलीले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमित गरेको छ। तसर्थ आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न-नगराउन सम्पूर्ण जिल्लावासीहरूमा प्रजिअ रिजालले अनुरोध गरेका छन्। उनले पर्व मनाउने नाममा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जाने काममा राजनीतिक दल, नागरिक समाज, पेसागत संघ संस्था, सञ्चारकर्मी र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीबाट सहयोगको अपेक्षा गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार