होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘हलले सो नदिए चोकमा फिल्म देखाउँछु’ : प्रदीप खड्का
समाचार

‘हलले सो नदिए चोकमा फिल्म देखाउँछु’ : प्रदीप खड्का

  • नागरिक रैबार
‘हलले सो नदिए चोकमा फिल्म देखाउँछु’ : प्रदीप खड्का

काठमाडौँ — अभिनेता प्रदीप खड्काले हलवालाले ‘प्रकाश’को सोलाई लिएर पक्षपात गरेको बताएका छन् । फिल्म प्रदर्शनको दिन शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मलेन गर्दै हलको सबैभन्दा ठूलो च्यानल रहेको ‘क्यूएफएक्स’लाई लक्षित गर्दै फिल्मको सो वितवरणमा भेदभाव भएको उनले बताएका हुन् ।

‘मेरो खास कुरा वितरणमा पक्षपात भयो कि भएन भन्ने मात्र हो । झट्ट हेर्दा हाम्रो फिल्म ‘मास अपिलिङ’ वाला लाग्दैन होला । तर, यो फिल्म झुर नै हो, कलंक नै हो भन्न कसैले सक्दैन । दर्शकले फिल्मको प्रतिक्रिया राम्रो दिइरहनु भएको छ,’उनले भनेका छन्,’३ बजेपछि प्रकाशको सो नै छैन । ललितपुर हो मेरो घर । तर यहीँ नजिकको लबिम हलमा प्रकाशको सो छैन । शुक्रबार कोही काममा व्यस्त हुन्छन् । मेरो परिवारले फिल्म हेर्न चाह्यो भने प्लेन चढाएर दमक पठाउनु पर्‍यो । म सबै हललाई त भन्दिन । सबैभन्दा लिडर भनिएका हलले भने पाँचबजेपछि मात्र दुई/दुई सो दिएको छ ।’

कर्णालीको कथा समावेश फिल्मले हलमा सो नपाए चोक-चोकमा देखाउने प्रदीपले बताए । ‘काठमाडौंलाई कर्णाली प्रदेश भनेको के हो भनेर थाहा होस् भनेर फिल्म बनायौं । तर काठमाडौंमा सो नै छैन । हामीले फिल्म बनाएका छौं ।तर, अब फिल्म देखाउन नपाएपछि चोक-चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनु पर्ने भएको छ,’उनले भने,’यस्तो खालको फिल्म चल्दैन, हलमै लाग्दैन भने पनि एउटा साहनुभुति त हुन्छ नि ! चाउचाउ बेच्ने कम्पनीले पनि सामाजिक कल्याण कोषबाट निश्चित कुरा समाजलाई फिर्ता गर्छ । हलले विज्ञापन, प्रिमियरदेखि फिल्मको व्यापारमा पैसा लिइरहेको हुन्छ । मेरो भन्नु एउटै हो, फिल्मको बराबर वितरण हुनुपर्छ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार