होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः बैतडीबाट नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि १३ जना सिफारिस भएका छन्। मंसिर ४ मा हुन लागेको संसदीय निर्वाचनका लागि आइतबार काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। काँग्रेस बैतडीका सचिव देवराज जोशीका अनुसार संघमा प्रत्यक्षतर्फ चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशबबहादुर चन्द, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्रसिंह ऐर, दिनेश […]
धनगढीः डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ। मंसिर ४ गतेका लागि घोषणा गरिएको संसदीय निर्वाचनका लागि जिल्ला कमिटीको बैठकले आकांक्षी उम्मेदवारहरु सिफारिस गरेको हो। सिफारिस हुनेमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पठानसिंह बोहरा रहेका छन्। यस्तै प्रदेश (क) मा चक्रप्रसाद स्नेहि र (ख) मा गजेन्द्रबहादुर शाही सिफारिस भएका छन्। प्रतिनिधि सभामा […]
भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी -बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल-लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र […]
मधेस प्रदेशको ‘महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय’की प्रमुख महिला विकास अधिकृत देवकुमारी खत्रीलाई हामीले सोधेका थियौँ, मधेस प्रदेशमा महिलाको अवस्था कस्तो छ ? उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, लैंगिक हिंसा, मानव बेचबिखन, घरेलु हिंसा, छोरीले पढ्नु हँुदैन भन्ने मान्यता, बोक्सीको आरोपमा प्रताडना आदि अझै विद्यमान रहेको बताइन् । प्रस्तुत छ, खत्रीसँग प्र्रमिला भट्टले […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए । ‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र […]
काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । गुरुङसँगको तस्वीर सामाजिक सञ्जालमा हालेर रविले भनेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।’ भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको कार्यालयमा […]
नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे टुँडिखेलस्थित सैनिक मञ्चमा पुगेका छन् । सैनिक मञ्च टुँलिखेलमा पाण्डेले वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । आजै उनले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्नेछन् । सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]
प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । राईकी ममतामयी आमाको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारको लागि विराटनगर ल्याइएको थियो । मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा […]
धनगढी, २० भाद्र/ डोटीको केआई सिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। वडाले मदिरा सेवन गर्नेलाई पन्ध्र दिन र बिक्री गर्नेलाई एक महिना ढुङ्गा वडा कार्यालयसम्म बोकाउने निर्णय गरेको हो। वडामा मदिरा बिक्री वितरण गर्ने व्यापारी तथा वडावासी सँगको छलफल पश्चात् फरक किसिमको कारबाही गर्ने […]
धनगढी: कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका छन्। गत भदौ १६ गते महाकाली नदीमा पूजा गर्दा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका हुन्। भिमदत्त नगरपालिका १० का सहदेव भट्टले महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिलाहरुलाई जातकै आधारमा विभेद गरेका थिए। आइतबार पीडित भीमदत्त नगरपालिका ५ का सन्जु […]
काठमाडौं । क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० […]
काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी खाका ल्याउन […]
नागरिक रैबार/बाजुरा १९ भदाै । नेपाल निजामती कर्मचारी युनियन बाजुरा शाखाले जिल्ला अस्पताल बाजुरामा उपचारारत बिरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेको नेपाल निजामती कर्मचारी युनियन बाजुराका शाखाका अध्यक्ष कुल बहादुर रावलले बताएका छन् । राष्ट्रसेवा, निष्पक्षता, […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुराको जगन्नाथ गाउँपालिका २ कौडाकोटको बस्तीमा भाईरल ज्वरोका कारण गाउँ नै प्रभावित भएको छ । आज विहान देखि देखिएको मौसमी भाइरल ज्वरोका कारण गाउँका प्रत्येक घरमा बिरामी देखिएको जगन्नाथ २ का वडाध्यक्ष धनविर सार्कीले बताएका छन् । भाइरल ज्वरोको प्रकोप बढेपछि वडा सामाुदाियक स्वास्थ्य केन्द्रबाट अहेव राजेश सार्कीको नेतृत्वमा स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेको […]
अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् । मनोरञ्जन कर तिर्न पटक पटक […]
धनगढी: कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन्। आइतबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर कृष्णपुर नगरपालिकाका २ जना घाइते भएका हुन्। घाइते हुनेमा कृष्णपुर–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको छ। बाटोमा […]
धनगढीः सुदूरपश्चिमका अस्पतालमा मिर्गौला प्रत्यारोपण नहुने अवस्थाका कारण यहाँका नागरिक भारत तथा संघीय राजधानीको भर पर्ने गर्छन्। सरकारले पनि मिर्गौला रोगीहरुका मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरिसकेको छ। तर प्रदेशमा उक्त सुविधा नभएकाले सुदूरपश्चिमवासीले प्रदेशबाहिर गएरै मिर्गौला प्रत्यारोपण गनुपर्ने बाध्यता छ। सुदूरपश्चिममा सहज, सस्तो र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध नहुँनु पनि एक प्रमुख समस्या हो। […]
काठमाडौं । टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने ।अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के काम […]
नागरिक रैबार/बाजुरा १९ भदौ।आशन्न मंसिर ४ गते हुने प्रदेश सभाको निर्वानका लागि नेपाली काँग्रेस बाजुराले प्रदेश सभा (ख) मा युवा नेता सुरेन्द्र नाथ योगीलाई उम्मेदवारको लागि सिफारिस गरेको छ । नेपाली काँग्रेस बाजुराको ३ दिनदेखिको प्रदेश र संघको सदस्य सिफारिसका लागि बसेको बैठकले बाजुरा प्रदेश (ख)को निर्वाचन क्षेत्रका लागि खप्तड क्षेडेदह गाउँपालिका घर भएका नाथलाई […]