होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरा प्रदेश (ख) मा काँग्रेसका सुरेन्द्र नाथसहित ५ जना सिफारिस
राजनीति

बाजुरा प्रदेश (ख) मा काँग्रेसका सुरेन्द्र नाथसहित ५ जना सिफारिस

  • नागरिक रैबार
बाजुरा प्रदेश (ख) मा काँग्रेसका सुरेन्द्र नाथसहित ५ जना सिफारिस

नागरिक रैबार/बाजुरा १९ भदौ।आशन्न मंसिर ४ गते हुने प्रदेश सभाको निर्वानका लागि नेपाली काँग्रेस बाजुराले प्रदेश सभा (ख) मा युवा नेता सुरेन्द्र नाथ योगीलाई उम्मेदवारको लागि सिफारिस गरेको छ ।

नेपाली काँग्रेस बाजुराको ३ दिनदेखिको प्रदेश र संघको सदस्य सिफारिसका लागि बसेको बैठकले बाजुरा प्रदेश (ख)को निर्वाचन क्षेत्रका लागि खप्तड क्षेडेदह गाउँपालिका घर भएका नाथलाई सिफारिस गरेको हो ।

प्रदेश सभा (ख) का लागि सिफारिस भएका नाथले १२ वर्षमा राजनिति सुरु गरेर ६१ देखी६५ साल सम्म गाउँको बिध्यालय दशरथ माबिमा  नेपाल विद्यार्थी संघबाट नेपाली काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । बाजुराको खप्तड क्षेडेदह गाउँपालिकामा २०४९ सालमा जन्मेका २०६१ साल देखी ६५ साल सम्म विद्यालयमा नेबिसघंको बिभिन्न पदमा रही काम गरेका थिए ।

विज्ञापन

May be an image of 6 people and people standing

विस २०६६ देखि ६७ सालमा जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका मावि बाट नेबिसघंको अध्यक्ष भएर काम गरेका थिए । त्यसपछि उनले नेबिसघं जिल्ला कार्य समिति सद्स्यमा काम गर्दै नेपाली काँगेसको क्रियासील रही सक्रिय राजनीतिमा लागेका थिए ।

काँग्रेसबाट प्रदेश सभा (ख) का लागि सिफारिस भएका नाथ बाजुराका एक सफल व्यवसायी र सामाजिक अभियान्ता समेत हुन् । उनले बाजुरामा विपद्का बेला समेत सामाजिक सहयोग गर्दै आएका छन् । बाढीपहिरोबाट प्रभावित र नेपालमा कोभिड-१९ को महामारीका बेला दीन दुखि र पीडित परिवारलाई राहत स्वरुप खाद्यन्न र लत्ता कपडा र खेलाडीहरुलाइ सहयोग गर्दै आईरहेका छन् ।

No description available.
काँग्रेसको कार्यकर्ता मात्रै नभई सामाजिक सेवा समेत गर्दै आएको र बाजुराका व्यापार र यातायात व्यवसायमा समेत प्रतिनिधित्व गरेकोले आफुले प्रदेश (ख) मा नेपाली काँग्रेसले उम्मेदवार सिफारिस गरेको बताएका छन् ।

No description available.
त्यस्तै नेपाली काँग्रेस बाजुराले प्रदेश सभा (ख) मा बाजुरा काँग्रेस सभापति रामसिंह रावल, पदम शाही, दिपक विक्रम शाह, चक्र शाह र नाथ गरी ५ जनाको नाम सिफारिस गरेको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार