होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १८, २०८०
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते
अन्तर्राष्ट्रिय

क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते

  • नागरिक रैबार
क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते

काठमाडौं । क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ । उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन ।

उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ ।

विज्ञापन

त्यसैले प्रहरीले स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ । प्रहरीले ट्वीट गरेर भनेको छ, ‘सुरक्षित स्थानबाट बाहिर ननिस्किनुस् र सतर्कताका लागि घरमा अरु कसैलाई आउन नदिनुस् ।’ प्रहरीले चालकहरुलाई पनि कसैलाई लिफ्ट नदिन भनेको छ । प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकिङमा कडाइ गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • ५ महिना अगाडि