होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः गौरा सकिएपछि सुदूरपश्चिम प्रदेशमा डेउडा खेलको रौनक छाएको छ। कोरोना महामारीका कारण केही वर्ष डेउडामा रमाउन नपाएका प्रदेशवासी यस वर्ष खुलेर डेउडामा रमाइरहेका छन्। गौरा सकिएको दिनदेखि धनगढीको वनदेवी मन्दिर परिसर र धनगढी उपमहानगरपालिका परिसर डेउडामय बनेको हो। कोरोना महामारीका कारण केही वर्ष डेउडा खेलमा रमाउन नपाएकाले यस वर्ष खुलेर रमाइरहेको डेउडा खेलमा सहभागीहरूको […]
काठमाडौं । मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा समातिएका सुरक्षागार्ड छुटे, तर तिनलाई चाहिँ ‘अभद्र व्यवहार’ गरेकै कारण आइतबार दिउँसोदेखि पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विवादमा छन् । क्यानडाको भिसाका लागि ठमेलस्थित भिसा सेन्टरमा गएका उनलाई लाइन नबसी सोझै भित्र जान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । आफूलाई रोकेको झोंकमा उनले मन्त्रालय फर्केपछि आफ्ना सुरक्षाकर्मीलाई जाहेरी लेख्न लगाए । […]
नागरिक रैबार/बाजुरा २१ भदौ। नेकपा एमाले बाजुराले आसन्न मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानका लागि उम्मेदवार छनौटमा सकस भएको छ । मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्। सोमबार देखी बसेको एमाले जिल्ला कमिटिको बैठकबाट कुनै टुुगोँमा नपुगेको र मंगलबार पुन: […]
काठमाडौँ — दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर […]
काठमाडौं, भदौ २१ । कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार हरेक वर्ष चारदेखि पाँच जना निजामती कर्मचारीले उमेर हदभन्दा बढी समय सेवा गर्ने गरिएको पाइएको छ । निजामती सेवा ऐनमा […]
काठमाडौं, भदौ २१ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । प्रमाणीकरण नगरी राष्ट्रपतिले फिर्ता पठाएको विधेयक पुनस् प्रमाणीकरणका लागि पठाइएको हो । राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट हुबहु पारित भएपछि सभामुखले प्रमाणित गरी विधेयक प्रमाणीकरणका […]
काठमाडौँ — प्रहरी प्रधान कार्यालयले दसैंअगावै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जिल्ला–जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर म्यादी प्रहरी भर्नासम्बन्धी प्रक्रिया तथा जिल्लागत रूपमा संख्या निर्धारणको काम दसैंअघि नै सक्ने र नतिजा दसैंपछि प्रकाशन गरिने बताए । केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा चारवटै सुरक्षा […]
काठमाडौं । अभिनेता सलमान खानले बलिउडमा ३४ वर्ष पूरा भएको अवसरमा आफ्नो नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को घोषणा गरेका थिए । उनले आफ्ना प्रशंसकलाई सानो झलक देखाएर धन्यवाद भनेका थिए । त्यसको १० दिनपछि सोमबार सलमानले यो फिल्मको आधिकारिक टाइटल लोगो जारी गर्दै टिजर समेत सार्वजनिक गरेका छन् । टिजरले फिल्ममा सलमानको चरित्रको परिचय […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्मका उम्मेदवार) अन्तर्वार्ता असोज २५ गते विहान […]
कञ्चनपुरः कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने, आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। […]
निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका छन् । यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल […]
सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि […]
यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई […]
काठमाडौं– आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागि गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकता भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मेलनबीच दुवै पार्टीबीच एकताको घोषणा गरिएको हो । घोषणा सभामा एमालेका पार्टी उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल […]
नागरिक रैबार/बाजुरा २० भदौ।नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) मा एमालेबाट ५ जना सिफारिस भएका छन् । नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) को पहिलो पूर्ण बैठकले नेता सहदेव बोगटी, बलदेव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही सिफारिस भएका हुन् । प्रदेश निर्वाचन क्षेत्र (क) मा हिजो बसेको एमालेको पहिलो पूर्ण बैठकले पाँच […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् । राप्रपा बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले) राप्रपासँग नजिक भएको बताए । उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ४.२९ अंक (०.२२ प्रतिशत) ले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट […]
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न […]
मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्। संघ र प्रदेश सभाका लागि उम्मेदवारी छनोट गर्न नेताहरु जिल्ला केन्द्रीत बनेका हुन्। एमालेका पाँचै जिल्ला केन्द्रीय सदस्य अन्य जिल्ला तहका शिर्ष नेताहरु बाजुरा आइसकेका छन्। नेकपा एमाले बाजुराले उम्मेदवार सिफारिसका लागि भदौ २० गते जिल्ला […]
सर्लाही । सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ । ‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले अनलाइनखबरसँग भने […]