होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० भदौ। बाजुरा जिल्लाका ६७ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा परेका छन । जिल्लामा स्थानिय पालिकाको सिफारस गरी पठाएका मध्य ६७ बिद्यालय छनोटमा परेका हुन । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । साे कार्यक्रम अन्तर्गत बाजुराका ६७ विद्यालयलाई छनोटमा परेका छन । गुणस्तरीय शिक्षाका लागि नवीन […]
काठमाडौं । अभिनेता शिव श्रेष्ठले दुई दर्जन उर्दू भाषाका फिल्ममा काम गरे । तीमध्ये सात फिल्म सुपरहिट भए । पाँच वर्ष लामो करिअरमा श्रेष्ठले पाकिस्तानमा ‘सुपरस्टार’ छवि बनाए । ‘हम से है जमाना’बाट पाकिस्तानी फिल्ममा डेब्यु गरेका शिवको पछिल्लो फिल्म चाहिं सन् १९९८ को ‘खतरनाक हसिना’ थियो । जमिन आसमान, लावा, टाइडर, चोरौं कि बारात, […]
काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको छ । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने भएका छन् । बैंकहरुले असारका लागि हाल कायम रहेको ११.०३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार १० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख […]
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको जनाएको छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत […]
इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा बोरूसिया डर्टमण्डमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै सिटीले दोस्रो जित निकालेको हो। रोमान्चक खेलमा सुरूआती एक गोलको अग्रता उल्टाएर म्यानचेस्टर सिटीको नाटकीय पुनरागमन गरेको हो । इतिहाद स्टेडियममा पहिलो हाफसम्म गोल रहित बराबरीमा सकिएको खेलको ५६ […]
एजेन्सी: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बिबिसीले जनाएको छ।राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन। ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्दा चोट पटक देखिएको छैन,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले भनेका छन्। राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते […]
काठमाडौं । ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकिएपछि अभिनेत्री साम्राज्ञी शाह यतिबेला स्वदेश फर्किएकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा एक महिना चलेको सुटिङ सकेपछि साम्राज्ञी अहिले नेपाल घुमघाममा व्यस्त छिन् । ‘ड्रिम्स’ डेब्यु गर्ल यतिबेला तालनगरी पोखरामा ह्याङआउट गरिरहेकी छन् । बुधबार राति इन्स्टाग्राममा उनले पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी सेक्सी र हट […]
निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक […]
काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणका फाईजर खोप संचालन गर्ने भएको छ । पाँच बर्ष मुनिका बालबालिकाको लागि जिल्ला भरी दोस्रो चरणको फाईजर खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लामा संचालन गरीने खोप पाँच वर्षमुनिका उमेर समूहका बालबालिकाको लागि प्रयोगमा ल्याइएको छ । जिल्लामा पनि स्वास्थय […]
बैतडी: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ। छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन्। प्रदेशस्तरीय […]
काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा […]
काठमाडौं: स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ। बोर्डले बिहीवार एक सूचना जारी गर्दै विभिन्न पदमा २२ जना कर्मचारी माग गरेको छ।
डोटी: डोटीको झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ। पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत् लाइन विस्तार गरेको हो। प्रयटकिय क्षेत्र खप्तड जाने बाटोमा पर्ने उक्त बस्तीमा बत्ती पुगेपनि पर्यटकहरुका लागि पनि सहज हुनेछ। विद्युत् विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस […]
धनगढी: मनसुनी न्यून चापिए रेखा नेपाल नजिक आउँदै गरेको र पश्चिमी वायुको प्रभावले आगामी ५ दिनसम्म देशभरी मौसममा फेरबदल हुने सम्भावना रहेको छ। आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागका केही […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुरामा ५८ औं राष्ट्रिय बालदिवस भव्य कार्यक्रम गरेर मनाएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ बाजुराका ९ वटै स्थानीय तहका विद्यालयहरुले विभिन्न कार्यक्रम गरेर सो दिवस भव्यताका साथ मनाएका हुन् । दिवसकै अवसर पारेर बाजुराको बडीमालिका नगरपालिकामा रहेको मालिका माविले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच […]
काठमाडौँ — ठूला मुद्दा, ‘लार्जर द्यान लाइफ चरित्र’, भारी भरकम संवादबिना पनि सरल र सहज ढंगले कथा भन्न सकिन्छ भन्ने कथ्यलाई प्रमाणित गर्ने फिल्म बनेको छ, ‘ऐना झ्यालको पुतली’ । सुजित बिडारी निर्देशित यो फिल्ममा साधारण तरिकाले सामान्य कथालाई मिहीन ढंगबाट भनिएको छ । दिदी विद्या र भाइ वसन्तको सम्बन्धमा आधारित छ फिल्म । पढाइमा […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् । गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् । ‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका […]
काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ । भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न दुई देशका परराष्ट्र सचिवहरूको बैठकले उक्त निर्णय गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘बैठकमा उहाँहरूबीच सीमाका विषयमा छलफल भयो । उहाँहरूले द्विपक्षीय संयन्त्रमार्फत सीमाका बाँकी काम पूरा गर्ने विषयमा […]
०७४ को प्रतिनिधि र प्रदेशसभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो निर्वाचनमा फेरि बन्द सूचीमा बस्न पाउने भएका छन् । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार ०७४ को बन्द सूचीमा रहेका व्यक्ति आउँदो निर्वाचनमा फेरि बन्द सूचीमा बस्न पाउने भएका हुन् । सबै दलको सहमतिमा समानुपातिक तर्फको बन्द सूचीमा उम्मेदवार रहेका […]