होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नाटकीय पुनरागमनमा सिटीको लगातार दोस्रो जित
समाचार

नाटकीय पुनरागमनमा सिटीको लगातार दोस्रो जित

  • नागरिक रैबार
नाटकीय पुनरागमनमा सिटीको लगातार दोस्रो जित

इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा बोरूसिया डर्टमण्डमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै सिटीले दोस्रो जित निकालेको हो।

रोमान्चक खेलमा सुरूआती एक गोलको अग्रता उल्टाएर म्यानचेस्टर सिटीको नाटकीय पुनरागमन गरेको हो । इतिहाद स्टेडियममा पहिलो हाफसम्म गोल रहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा जुड वेलीङघमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए।

तर, खेलको ८० औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८४ औं मिनेटमा एर्लिङ हालाण्डले पूर्व क्लबविरुद्ध गोल गर्दै सिटीलाई २-१ को जित दिलाए।

विज्ञापन

यस जितसँगै समूह ‘जी’ को सिटीले २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। डर्टमण्ड ३ अंक जोडेर दोस्रो स्थानमा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार