होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काभ्रेमा पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु
समाचार

काभ्रेमा पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु

  • नागरिक रैबार
काभ्रेमा पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

विज्ञापन

ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार