होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेश सरकारले उद्योग स्थापना र भू–संरक्षण गर्ने योजना सम्भाव्यता अध्ययनमै सिमित राखेका पाईएको छ। गत आर्थिक वर्षमा जडिबुटी र सल्लाको काठको उद्योग स्थापना गर्न तथा पहिरो नियन्त्रण गरी भू–संरक्षण गर्ने सम्भाव्यता अध्ययन गरेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अन्य प्रक्रिया अगाडी नबढाएको हो। सम्भाव्यता अध्ययनको प्रतिवेदन मन्त्रालयले थन्काएको छ। चालु आर्थिक वर्ष […]
काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने उनले बताए । लायन्स क्लब काठमाडौँ लर्डबुद्धले आयोजना गरेको ‘क्यारेक्टर ह्याण्डओभर’ कार्यक्रममा रेग्मीले क्लबले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताए । ‘स्वार्थबाट प्रेरित भएर समाज सेवा हुन सक्दैन’, उनले भने, ‘सत्कर्मले […]
पुस ४, चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु-जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत बलेफी गाउँपालिका-३ निवासी ७ वर्षीया आशिका तामाङको बिहीबार राति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी […]
४ पुस, काठमाडौं । छोराछोरीलाई सामखुसीस्थित कोठामा छाडेर पोखरामा पुगेकी काठमाडौंकी रुपा (नाम परिवर्तन)लाई सोमबार परिचित आवाजबाट फोन आयो, ‘तेरो छोरा, छोरी र भाञ्जी मेरो कब्जामा छ, तीन लाख दिए मात्र छाड्छु ।’ फोन गर्ने बानेश्वरका २४ वर्षीय आशिष सिजापती थिए । रुपाले उनलाई सहजै चिनिन् । आपतमा आर्थिक सहयोग गर्ने, आफ्ना छोराछोरीले मामा भनेर […]
४ पुस, काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् । ४ पुस, काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् । हेर्नुहोस् सूची
काठमाडौं : प्रतिनिधिसभाका नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले हिउँदे अधिवेशनको दोस्रो बैठकबाट नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। बैठकले शुक्रबारको संसद बैठकको कार्यसूची पारित गर्दै नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते दिउँसो १ बजे […]
बाजुराका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो। पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका […]
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ। करोडाँै रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन। खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन। समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न […]
काठमाडौं– संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छिन् । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदको हिउँदे अधिवेशनको सुरुवात आफ्नै अध्यक्षतामा […]
उदयपुर : उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।दुई जना गम्भीर घाइते भएका छन् ।उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा बिहीबार बिहान करिब ९ :१५ बजे बोलेरो दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकको उपचारका लागि कटारी अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको हो । भारतीय नम्बर प्लेट भएको एसके ०१ पीबी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई […]
चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार र शुक्रवार उप–महानगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय भएको पुष्टि गरे। उनले शनिबारको मौसमपछि फेरी के गर्ने भन्ने बिषयमा छलफल […]
उदयपुर– उदयपुरमा भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । आज (बिहीबार) बिहान सवा ९ बजेतिर भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जिप उदयपुरको उदयपुरगढी गाउँपालिका ३, गोठटारमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको उदयपुर जिल्ला प्रहरी कार्यालयका एसपी […]
ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएकी छन्। दाङको तुलसीपुर सल्यान रोड सडक खण्ड अन्र्तगत गोदामघर नजिकै ट्याक्टरले आज बिहान ठक्कर दिँदा तुलसीपुर ७ शिवनगर निवासी बेदबहादुर केसीका छोरी १३ वर्षीया विजिता केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा […]
नागरिक रैबार/बाजुरा २ पुस। सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएको छ । विगत देखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामबासी फेरि पनि खानेपानी पिउनबाट बन्चित भएका छन् । बडीमालिका नगरपालिकाले मार्तडीको खानेपानी व्यवस्थित गर्ने भनेको वर्षौ भईसक्यो तर मार्तडीबासीका लागि नत अहिलेसम्म नियमित पानी आउँछ नत आईरहेको पानी व्यवस्थित भएको छ स्थानीयहरुले गुनासो गर्ने गरेका छन् । […]
धनगढीमा प्रहरीमाथि हातपात भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडीको त्रिभुवन चौकमा सोमबार साँझ अस्थायी प्रहरी विट चटकपुरमा कार्यरत प्रहरी हवल्दार जनकराज पाण्डे र प्रहरी जवान नारायण सिह कार्कीमाथि हातपात भएको हो। दुवैजनामाथि हातपात गर्ने पूर्व सैनिक समेत रहेका चटकपुरका भुप्रेन्द्र पुलामीमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई […]
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ८ दिन पुरा भइसकेको छ। मंसिर १५ गते शुुरु भएर २४ गते दशरथ रंगशालामा समापन भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जित्दै इतिहास कायम गर्यो । पहिलो पटक नेपालले पदकमा अर्धशतक पुरा गरेको छ । यसअघि नेपालले सबैभन्दा धेरै काठमाडौंमै आयोजना भएको […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे । नतिजाअनुसार परीक्षामा १ लाख ४ हजार ३४६ जना परीक्षार्थी सहभागी भएकोमा ४ जनाको परीक्षा रद्द गरिएको छ ।
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७६ चैत्र ६ गते (बिहीबार) देखि शुरु हुने छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले आज(मंगलबार) सूचना जारी गर्दै एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ असनवार्य संस्कृत भाषा […]
पुस , १ धनगढी। शौचालयमा लडेर धनगढीमा एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका – ३ का ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमवार बेलुका शौचालय गएका बम बेहोस अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो तर, केही बेरमै […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार काठमाडौंको ढल्कुमा सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरुले सार्वजनिक गरेको नयाँ […]