होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सुशासनबिना मुलुक समृद्ध हुँदैन’
समाचार

‘सुशासनबिना मुलुक समृद्ध हुँदैन’

  • नागरिक रैबार
‘सुशासनबिना मुलुक समृद्ध हुँदैन’

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने उनले बताए ।

लायन्स क्लब काठमाडौँ लर्डबुद्धले आयोजना गरेको ‘क्यारेक्टर ह्याण्डओभर’ कार्यक्रममा रेग्मीले क्लबले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताए ।

‘स्वार्थबाट प्रेरित भएर समाज सेवा हुन सक्दैन’, उनले भने, ‘सत्कर्मले नै व्यक्तिलाई अब्बल बनाउने हो ।’ उनले लोभ, इर्ष्या, घमण्डले व्यक्तिलाई असल बन्नबाट रोक्ने हुँदा यी सबै पक्षबाट टाढा रहनुपर्ने बताए ।

विज्ञापन

रेग्मीले देशमा विकास र समृद्धिको यात्रालाई सहज बनाउन प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बताए । लर्डबुद्धका अध्यक्ष हरि अधिकारीले क्लबले दूरदराजसम्म पुगेर दुःखी गरीबको घाउको मलमपट्टि लगाउने काम गरिरहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार