होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उदयपुरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु
समाचार

उदयपुरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • नागरिक रैबार
उदयपुरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुर– उदयपुरमा भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

आज (बिहीबार) बिहान सवा ९ बजेतिर भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जिप उदयपुरको उदयपुरगढी गाउँपालिका ३, गोठटारमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको उदयपुर जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढाले जानकारी दिए ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का स्थानीय टिकनारायण श्रेष्ठ, उनका भाइ मीनबहादुर श्रेष्ठ र अर्का स्थानीय ढकबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

बोलेर रिजर्भ गरी उदयपुरगढी ३ जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते पाँज जनामध्ये तीनको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै