होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष दम्पतीको अपहरण
समाचार

विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष दम्पतीको अपहरण

  • नागरिक रैबार
विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष दम्पतीको अपहरण

काठमाडौं । सरकारबाट प्रतिबन्दित दल नेत्र विक्रम चन्द समूहको नेकपा माओवादीले दैलेखका गाउँपालिका अध्यक्ष दम्पति अपहरणमा परेका छन ।  दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला मल्ल(शाही) अपहरणमा परेका छन ।

दुबै जनालाई गएराति चन्द नेकपाका कार्यकर्ताले ठाँटीकाँध २ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेको प्रहरीले जनाएको छ । गाँउपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि उनीहरुले केही समय अपहरणमा लिएर छाडेको बताइएको छ । गाँउपालिका अध्यक्ष कि श्रीमति इला ठाँटीकाँधस्थित कृष्ण माध्यमिक विद्यालय कि प्रधानाध्यापक हुन् । १५ ,१६ जनाकाे हतियार सहितकाे टाेलीले राजनीतिक कारण छ भनी अपहरण गरेकाे  जनाइएकाे छ ।

गाँउपालिकाको बजेटका विषयमा सो समूहले यसअघि पनि शाहीलाई धम्काउदै आएको बताइएको छ । अध्यक्ष शाहीका भाई हस्तबहादुर शाहिका अनुसार केहि समय अघि उनी भाउजुलाई रिहा गरेको बताए । दाईलाई भने कहिले तीन चार दिनमा रिहाई गर्ने जनाएको उल्लेख गरेका छन । उनको खोजी कार्यका लागि प्रहरी र स्थानीयबासी लागिरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार