होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१० फागुन, विराटनगर । मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै व्यक्तिको फोटो राखेको खुलेको छ । उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीयबासीले आन्दोलन गरेका छन् । ३१ वर्षीय बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु […]
कञ्चनपुरः प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले केहीबेर अघि औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ। २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक […]
गोरखा : गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो । मृत्तक सबैको मुखबाट फिज आएको प्रहरीले जनाएको छ । कार्यालयले उपलब्ध गराएको सूचना अनुसार मृत्यु हुनेमा […]
१० फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ । पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी […]
काठमाडौं । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने लगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारी स्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र […]
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ । प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए । उनका अनुसार मोर्चाको अगुवाईमा काठमाडौंको माइतीघरमा दिउँसो १ बजे भेला भएर बानेश्वर पुगेर विरोध सभा गर्ने […]
१० फागुन, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय […]
१० फागुन, काठमाडौं । नेकपा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए सरकारले वातावरण बनाउने सरकारका एकजना मन्त्रीले बताएका छन् । तर, विप्लव समूहको खास माग के हो भन्नेमै सरकार अहिलेसम्म स्पष्ट हुन सकेको छैन । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग […]
सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा रञ्जित ओझा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको दिगो विकासका लक्ष्यलाई हासिल गर्ने गरी राष्ट्रिय कार्यक्रमअनुरुप कार्यक्रम बनाएर देशभर कार्यान्वयनमा लैजान प्रेरित गर्न लागिएको बताउँछन् । नेपालको संविधानले खानेपानी […]
काभ्रे- काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका […]
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो । बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट […]
१० फागुन, कर्णाली (सुर्खेत) । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती […]
धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न म्यान थप गरिने भएको छ। हत्या अभियोगमा पक्राउ परेका भागरथीका भाइ नाता पर्ने किशोर दिनेश भट्टमाथि अनुसन्धान गर्न अदालतले दिएको ५ दिनको म्याद आइतबार सकिएसँगै सोमबार थप गरिन लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले भट्टमाथिको अनुसन्धान नसकिएकाले सोमबार अदालतबाट […]
दाङ – दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । सिसहनिया-महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गर्नुभएको थियो । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले र […]
नागरिक रैबार/बाजुरा १० फागुन। प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जमा बाजुराका धर्मराज पाध्याय र सह-संयोजकमा निमेन्द्र शाही चयन भएका छन् । पार्टी विभाजन हुँदा उक्त ठाउँमा रहेकाहरु ओली पक्षको प्रेस संगठनमा लागेपछि रिक्त पदहरुमा बाजुराका धर्मराज पाध्याय र निमेन्द्र शाही चयन भएका हुन् । हेर्नुहोस कुन प्रदेशमा को- को भए चयन प्रदेश कमिटी : सुदूरपश्चिम […]
कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् । बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन् । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट सर्वोच्च अदालतलाई दिएको धम्की भत्र्सनायोग्य छ। सर्वाेच्चबाट प्रतिनिधिसभा विघटनको पक्षमा फैसला नआए आन्दोलन गर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अदालतलाई दिएको प्रत्यक्ष धम्की हो। एकातिर अदालतले आफ्नो पक्षमा फैसला गर्ने र मुलुक निर्वाचनतिर गइसकेको बताएर प्रधानमन्त्री ओलीले सर्वाेच्चलाई दबाब दिए भने अर्काेतिर आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने धम्की पनि […]
१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । यसै साता चार औद्योगिक क्षेत्र […]
काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशका केही स्थानमा वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिनभर र राति मौसममा उल्लेख्य बदलाव हुने छैन । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा […]
९ फागुन, गोरखा । गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक […]