होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री स्वरुप झोला र स्टेशनरी सामाग्री सहयोग गरिएको छ । प्रेमु पूर्ण प्रताप फाउण्डेसन दोलखाकी संरक्षक तथा सामाजिक अभियान्ता पद्मा प्रधानको सहयोगमा बाजुराको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको […]
बझाङमा अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन्। नगरपालिकाको वडा नं. ८ स्थित जोशी गाउँ र वडा नं. १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए। उनका अनुसार प्राय ः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज धर्मराज पाध्यायलाई पृत शोक परेको छ । वडा अध्यक्ष पाध्यायका बुवा मनी पाध्यायको ७७ वर्षको उमेरमा शुक्रबार दिउसो जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा असामयिक निधन भएको हो । पाध्याय लामो समयदेखि दमका विरामी रहेका थिए । […]
निमेन्द्र शाही/बाजुरा १४ फागुन। नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट […]
काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट नेताहरुलाई बताएका छन् । ओली निकट नेता तथा […]
लमजुङ- कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा ७ वटै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागिएको बताएकी छन् । नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्र्याउने सन्दर्भमा इजरायली राजदूतसँगै लमजुङ आएकी मन्त्री अर्यालले ७ वटै प्रदेशमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी हुन् । कृषि मन्त्रालयले यसै […]
नागरिक रैबार दार्चुला १४ फागुन दार्चुला लेकमको लालीदेखि व्यासको छांगरु टिंकरसम्मका बस्ती भारतसँग सीमा जोडिएका क्षेत्र हुन् । भारतसँग सीमा जोडिएका दार्चुलामा ६ नाकाहरु छन् । ति सबै नाकाहरु कोरोना महामारीका कारण सरकारले चैत ११ गते बन्द गरेको थियो । अहिले दार्चुलाको सदरमुकाम खलंगाको नाका खुल्यो, अरु खुलेका छैनन् । त्यसबाहेक सबैका आ–आफ्नै पायकपर्ने लेकमको […]
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु देखा परेको छ । शंकास्पद क्षेत्रमा बिहिबार परिक्षण गर्दा पुनः बर्डफ्लुको प्रकोप देखा परेको हो ।बर्डफ्लुको संक्रमण देखा परेसँगै अहिले सो क्षेत्रमा पालिएका कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । बर्डफ्लुको संक्रमण देखिएपछि अहिले सो क्षेत्र र वरपरका क्षेत्रहरुमा समेत सचेत […]
१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे […]
मदन विक/बाजुरा १४ फागुन। सदरमुकाम मार्तडीदेखि कोल्टी सम्मको करिव ४२ किलोमिटर सडकको निर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ । मार्तडी-कोल्टी सडक खण्ड शिलान्यास भएको करिव २० वर्ष पछि सडक निर्माणले तिव्रता पाएको हो ।जिल्लाको पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तह सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुको आवतजावतलाई मध्येनजर गर्दै निर्माण हुन लागेको सो […]
काठमाण्डौ – भारतका व्यापारीहरुले ‘भारत बन्द’को घोषणा गरेका छन् ।८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् । अखिल […]
काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही […]
म्याग्दी– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अपराधमा संलग्न […]
काठमाण्डाैँ १४ फागुन । तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन्। प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्न अवस्था रहँदैन। ओलीका निकटस्थका अनुसार […]
काठमाडौं । बुधबार नेपाली कांग्रेसका सभापति, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार भेटबार्ता गरे । दुबै दललाई प्रचण्ड र माधवको प्रस्ताव छ, ‘सबै मिलेर अगाडि बढौं ।’ प्रचण्ड–माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो । र, दुबै दलले पार्टीमा छलफल गर्ने प्रचण्ड–माधवलाई जवाफ […]
मुगु- मुगुको एक मात्र छायानाथ रारा नगरपालिकाले आफ्ना क्षेत्रभित्रका १४ वटा वडामा रहेका एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको छ । गत ७ फागुनको प्रजातन्त्र दिवस अवसर पारेर नगरपालिकाले नगर क्षेत्रभित्रका एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो । भत्ता पाएपछि एकल पुरुषले नगरपालिकाको यो कदमप्रति खुसी व्यक्त गरेका छन् । वडा नम्बर १४ का ५० […]
बैतडी- बैतडीको सुर्नया गाउँपालिका-१ का वडाअध्यक्षले वडाबासीलाई ज्यान मार्ने धम्की दिएका छन् । वडाअध्यक्ष गजेन्द्रबहादुर चन्दले स्थानीय पदम टेलरलाई फोनबाट गाली गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । ज्यानमार्ने धम्की पाएका टेलरले आज पत्रकार सम्मेलन गर्दै अडियो सार्वजनिक गरेका छन् । अडियोमा वडाअध्यक्ष चन्दले टेलरलाई ‘तैले मलाई धेरै पीडा दिएको छस् । तलाई काट्न आउँछु’लगायतका शव्दहरु प्रयोग […]
बझाङ: शिक्षक र विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने भएको छ । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय […]