होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लवको दुई वाक्यको विज्ञप्तिले सरकार अल्मलियो
समाचार

विप्लवको दुई वाक्यको विज्ञप्तिले सरकार अल्मलियो

  • नागरिक रैबार
विप्लवको दुई वाक्यको विज्ञप्तिले सरकार अल्मलियो

१० फागुन, काठमाडौं । नेकपा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए सरकारले वातावरण बनाउने सरकारका एकजना मन्त्रीले बताएका छन् । तर, विप्लव समूहको खास माग के हो भन्नेमै सरकार अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक छौं’ भनेपछि अब सरकारतिर सबैको नजर गएको छ । सरकारले उसमाथिको प्रतिबन्ध हटाएर वार्ता समिति गठन गर्छ कि गर्दैन भन्ने चासो बढेको छ ।

एक मन्त्रीले विप्लव समूहलाई वार्तामा ल्याउन अनौपचारिक प्रयास भइरहेको  बताए । तर, चर्चा गरिएजस्तो भरे, भोलि नै वार्ता भएर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आइहाल्नेमा उनले शंका व्यक्त गरेका छन् ।

विज्ञापन

ती मन्त्री विप्लवले दुई वाक्यको विज्ञप्ति जारी गरेकै भरमा सरकारले तत्कालै प्रतिबन्ध हटाउने र वार्ता समिति गठन गर्ने सम्भावना कम देख्छन् । ‘उहाँहरुको मुद्दा हो भन्ने अझै प्रष्ट छैन,’ ती मन्त्रीले अनलाइनखबरसँग भने, ‘वार्ताका लागि तयार छौं भन्नु सकारात्मक छ । तर, वार्ता टोली बनाएर दुबै पक्ष सम्वादमा बस्न निश्चित प्रक्रिया पार गर्नुपर्छ ।’

विप्लव समूह हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने र आगामी चुनावमा भाग लिने हो भने मात्र सरकारले वातावरण बनाउने उनले बताए ।

गृह मन्त्रालय स्रोतका अनुसार सरकारले शान्तिपूर्ण राजनीतिमा आउने गरी वार्तामा बस्ने भए प्रतिबन्ध फुकुवा गर्न सकिने सन्देश पठाइसकेको छ । थुनामा रहेका कैदीबन्दीको सन्दर्भमा पनि कसूरअनुसार ‘हेर्न सकिने’ भनिएको छ ।

विप्लवको विज्ञप्तिको अर्थ

नेताहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली पनि विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन तयार छन् । उनीसँग परामर्श गरेर नै विप्लव समूहलाई वार्तामा ल्याउन आफूहरुले विभिन्न च्यानलबाट सम्वाद अगाडि बढाएको एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीले नै विप्लव समूहको शीर्ष स्तरबाट वार्ताप्रति धारणा खोजेपछि शनिबारको विज्ञप्ति आएको हो । ‘हामी त वार्ताका लागि तयार नै छौं, विप्लवको के हो ? भन्ने भएपछि विप्लवको विज्ञप्ति आएको हो,’ सरकारी स्रोतले  भन्यो, ‘यसले सम्वादको वातावरण बनाउन थप सहज हुनेछ ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार