होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यार्थीहरुले ‘प्रतिगमन’लाई जुत्ता हान्ने
समाचार

विद्यार्थीहरुले ‘प्रतिगमन’लाई जुत्ता हान्ने

  • नागरिक रैबार
विद्यार्थीहरुले ‘प्रतिगमन’लाई जुत्ता हान्ने

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ ।
प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए ।

उनका अनुसार मोर्चाको अगुवाईमा काठमाडौंको माइतीघरमा दिउँसो १ बजे भेला भएर बानेश्वर पुगेर विरोध सभा गर्ने कार्यक्रम तय भएको छ ।यसैगरी विद्यार्थी संगठन अनेरास्ववियुले पनि सोमबार विरोधका कार्यक्रम गर्दैछ ।

विद्यार्थी संगठनले ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको जनाएको छ । नारायणहिटी संग्रालय अगाडि ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव अनेरास्ववियुका सह संयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।

विज्ञापन

प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्र दिउँसो २ बजेलाई तय गरिएको तामाङले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार