होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आएका छन् । छोराको नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेका टेकबहादुर शुक्रबार पनि लाइनमै देखिए । उनको धेरै ठूलो काम पनि थिएन । सबै प्रक्रिया पूरा भई सिफारिस मात्रै लिनुपर्ने भए पनि तीन दिनदेखि त्यही सिफारिसको पछाडि टेकबहादुृर दौडिरहेका छन् । “वडाबाट हुने सबै […]
२३ फागुन, काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् । दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ । आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको […]
२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए । […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताए । पुनःस्थापित संसद बैठक बस्नुअघि […]
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् । खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह […]
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीकाे रेसमा नरहेको बताएका छन् । काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमाेचन समारोहमा उनले भने, ” म प्रधानमन्त्रीकाे रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हाे । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना […]
नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको सदरमुका मार्तडीमा आज भएको भलिवल,कवड्डी र बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका छन् । सुदुरपश्चिम बिश्व बिद्यालय बाजुराद्वारा बाजुरा क्याम्पसमा खेलकुद सप्ताह-२०७७ कार्यक्रम अन्तरगत गरिएको बक्तित्वकला प्रतियोगितामा नेपाली प्रथम भएका हुन् । एक हप्तादेखि बाजुरा क्याम्पसमा आयोजना गरिएको खेलकुद सप्ताह कार्यक्रमको अन्तिम दिनमा कोरोनाले शैक्षिक क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा २२ फागुन। नेकपा बाजुराका युवा नेता महेश शाहीले आफ्नो जन्मदिन मार्तडीमा रहेको समता स्कुलमा मनाएका छन् । जगन्नाथ गाउँपालिकाको वडा नं. ३ मनिकाँडामा जन्मेका नेता शाहीले पहिलोपटक विद्यालयका विद्यार्थीहरुसंग आफ्नो जन्मदिन मनाएका हुन् । समता स्कुलका कुशल अभिभावक समेत रहेका नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई नगद र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएका […]
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाएका हुन् । करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उनले बताए […]
काठमाडौँ — चौतर्फी आलोचना र दबाबमा परेको निर्वाचन आयोगले नेकपाको विवादलाई कानुनी प्रक्रियाबाट टुंग्याउने तयारी गरेको छ । नेकपाको (दाहाल–नेपाल) पक्षले दलको आधिकारिकता मागदाबी गर्दै शुक्रबार दोस्रो पटक निर्वाचन आयोगमा मुद्दाकै रूपमा अर्को निवेदन पेस गरेपछि आयोग थप दबाबमा परेको छ । आयोग उच्च स्रोतले नेकपा विवादलाई अब पनि यथास्थितिमा राखेर जान नसकिने बताएको छ । प्रधानमन्त्री केपी […]
२१ फागुन, बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए । अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको […]
नागरिक रैबार बाजुरा २१ फागुन देउडा गायक हर्क खडायतकाे बाजुरा घाम छकि नामक देउडा गीतकाे म्युजिक भिडियाे एक अाैपचारिक कार्यक्रमका विच मार्तडीमा विमाेचन गरिएको छ । बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रकाे कूरूका विभिन्न ठाउँ तथा काठमाडौंमा छायांकन गरिएकाे उक्त म्युजिक भिडियाेकाे मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले भिडियाेलाई प्राेजेक्टरकाे पर्दामा देखाएर विमाेचन गरेका हुन् । गीतमा […]
काठमाडौं, २१ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । शुक्रबार बानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेता चयन गरेको हो। वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा प्रचण्ड–नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् । पुस ९ गते संसदीय दलको नेता […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्दको कदमले जनताको मन जितेको बताएका छन् । राष्ट्रिय सभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्दले ‘सेफ ल्यान्डिङ’ गरेको पनि बताए । ‘उहाँले एउटा कदबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ । यसै कदमबाट । यो साहसिक कदम हो । […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टहरु विद्रोही मात्र नभएर शान्तिका दूत पनि हुन् भन्ने तर्क गरेका छन् । सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई शुक्रबार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले समाजमा चार थरी मानिस पाइने बताए । ‘एकथरी शोषक र उत्पीडक हुन्छन् भने दोस्रो थरी उत्पीडित वर्ग […]
२१ फागुन, काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन् । नेता जोशीको अवस्थामा चामत्कारिक सुधार भएको भन्दै अस्पतालले बिहीबार बिहानदेखि नै भेन्टिलेटरको सपोर्ट हटाएको बताएको छ । जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर […]
२१ फागुन, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्र १. दुबै पक्ष नेपाल […]
२१ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर हुँदैछ । सरकारी र विप्लव समूहको वार्ता टोलीबीच शुक्रबार तीनबुँदे सहमति भएको थियो । हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता रिहा गर्न गर्ने लगायतका सहमति भएको थियो । सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् । सामाखुसीमा नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग आन्तरिक छलफल पछि उनी बालुवाटार गएका हुन् । नवलपरासी पूर्वको देवचुलीमा शुक्रवार विहान सार्वजनिक भएका उनी सडकमार्गबाट काठमाडौं आएका हुन् । आफ्ना कार्यकर्तासहित दुईवटा स्कर्पियो गाडीमा उनी […]
कालिकोट । सरकार र नेत्रविक्रम चन्द समूहबीच तीन बुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीन बुँदे सहमतिका कारणले उत्साहित भएका हुन् । माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले चन्द समूहले हिंसात्मक […]