होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा […]
२४ फागुन, बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका-१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ माओवादी विद्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका चार सय परिवारको भोक-रोगमा भने नामको परिवर्तनले केही फरक पारेको छैन । मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ अनुसार सिंगो बाजुराको ६४.१ […]
२४ फागुन, काठमाडौं । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । […]
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो। बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि […]
काठमाडौँ: पूर्वमन्त्री एवम् सांसद भिम रावलले प्रधानमन्त्री कुन पार्टी रहेको भन्दै प्रश्न गरेका छन्। संसद पुनर्स्थापनापछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रावलले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरिदिएकाले प्रधानमन्त्री कुन दलका हुन् भन्ने नै तय नभएकाले पहिले त्यसको निक्र्योल गर्नुपर्ने बताएका हुन्। रावलले भने, ‘प्रधानमन्त्री कुन पार्टीबाट हुनुहुन्छ ? उहाँले कुन […]
२३ फागुन, काठमाडौं । पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, भट्टराईले […]
२३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा फैसला गर्दै सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी व्यूँताएपछि नेपाली राजनीति थप तरंगित भएको छ । प्रारम्भिक प्रतिक्रिया हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह उत्साहित देखिएको छ भने प्रचण्ड–माधव समूहलाई अनपेक्षित फैसलाले झड्का लागेको छ । नेताहरुका अनुसार, अबको पहिलो […]
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै बाहिरिएका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक आइतबार बस्दैछ । आइतबार संसद अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद गठनसम्बन्धी राष्ट्रपति […]
२३ फागुन, काठमाडौं । नेकपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’, ज्ञवालीले भने । आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा […]
काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) एककीकरण अघिको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो । सर्वोच्च अदालतले […]
काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको खोपको पहिलो खेप सरकारले प्राप्त गरेको छ । विभिन्न देशका सरकार, अन्तरराष्ट्रिय संस्था तथा निजी क्षेत्रको सहयोगमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्वस्वास्थ्य सङ्गठनको समन्वयमा कोभ्याक्स सुविधाको खोप सरकारलाई आज प्राप्त भएको हो । कोभ्याक्सले नेपाललाई प्रदान गर्ने १९ लाख २० हजार मात्रा खोपमध्ये पहिलो चरणमा आज […]
सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा आइतबार फैसला गरेसँगै राजनीति थप भद्रगोल बनेको छ । ‘नेकपा’ नामलाई लिएर देखिएको विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । निर्वाचन आयोगले आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र […]
२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।
२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार […]
निमेन्द्र शाही / २३ फागुन । बाजुरा सडक सञ्जालमा जोडिएसँगै साँफे-मार्तडीको बाटोमा पर्ने झोलुङ्गे पुलहरू प्रयोगविहीन बनेका छन् । अछामको साँफे बगर र बाजुरा सदरमुकाम मार्तडीको बीचमा पर्ने सात वटा झोलुङ्गे पुलनजिकै पक्की पुलहरू बनेपछि पुराना पुल प्रयोगविहीन बनेका हुन् । जिल्लामा हरेक वर्ष झोलुङ्गे पुल निर्माण, मर्मत तथा रेखदेखमा सरकारी रकम खर्च भइरहेकाे छ […]
काठमाडौं । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने /नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पारे । सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले भने, “सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनपछि […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भनेको अविश्वास प्रस्ताव प्रभावित बनेको छ । यसअघि प्रचण्ड–माधव पक्षले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अघिसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने जनाएको थियो । आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गर्ने संकेत नदेखाएपछि प्रचण्ड–माधव पक्षका नेताहरुले आन्तरिक छलफल […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ । प्रचण्ड-माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो, जुन बैठकमा ११५ सांसद उपस्थिति रहेको उनीहरूको दाबी छ । दल नेता परिवर्तनको त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव […]