होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड नेकपा संसदीय दलको नेता चयन
समाचार

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

  • नागरिक रैबार
प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

काठमाडौं, २१ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । शुक्रबार बानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेता चयन गरेको हो।

वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा प्रचण्ड–नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् । पुस ९ गते संसदीय दलको नेता चयन गरिए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले शुक्रबारको बैठकले पुनः संसदीय दलको नेताका रुपमा प्रचण्ण्डलाई चयन गरिएको बताइएको छ ।

यस्तै, नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार