होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ । कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ । ‘हामीले धेरै प्रयास गर्यौं, उनीहरुको स्वास्थ्य जाँच […]
२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । […]
२० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर […]
काठमाडौं । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्रप्रसाद रिजाल नियुक्त भएका छन् । गत मंगलबार बसेको बोर्डको कार्यकारी समितिले रिजाललाई उपाध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । उपाध्यक्षमा नियुक्त भएका रिजाल यसअघि बोर्डका कार्यकारी सदस्य समेत हुन् । गत माघ २३ गते बसेको बोर्डको बैठकले रिजालसहित पर्यटन व्यवसायी ङावा ङिमा शेर्पा र कृष्णकुमार शाहलाई समेत कार्यकारी […]
१९ फागुन, काठमाडौं । अबको ५ दिनमा पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दैछ, तर त्यहाँ कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख विपक्षी नेपाली कांग्रेस अझै अनिर्णित छ । प्रतिनिधिसभा वैठकमा पार्टीको भूमिकाबारे तत्काल निर्णय लिन नेतृत्वमाथि दबाव छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि १३ फागुनमा बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको वैठकले नेपाल कम्युनिष्ट पार्टी […]
१९ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा विभिन्न १३ पत्रकार संघले गठबन्धन गरेका छन् । पाँच बुँदे प्रतिबद्धतापत्रमा संयुक्त हस्ताक्षर गर्दै महासंघको निर्वाचनमा गठबन्धन गर्ने सहमति जुटेको जनाइएको छ । महासंघको नेतृत्वमा सबै संघसंगठनको अनिवार्य प्रतिनिधित्व हुने गरी अन्य पत्रकार संगठनहरुसँग पनि वार्ता तथा संवाद गर्न संयुक्त गठबन्धन बनाइएको क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष एवं […]
१९ फागुन, काठमाडौं । सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ता […]
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेकाे राेहेल हाेटलमा कोभिट १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा अब तेस्रो चरणको कोभिट १९ बिरुद्धको खोप अभियान संचालनमा सबैको साथ सहयोग र कोही पनी नछुटन भन्ने हेतुका साथेै खोप समन्वय समिति र पत्रकारहरुसंग […]
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत बुधबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । प्रदेशसभामा सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको हो । प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफल सकिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । विशेष कारण देखाएर बैठक स्थगित […]
काठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको छ । बुधबार बुटवलमा बसेको बैठकले देशको समसामयिक राजनीतिको बारेमा छलफल गर्दै प्रधानमन्त्रीको राजीनामाबाट नै मुलुकले राजनीतिक निकास पाउने ठहर गरेको हो । प्रधानमन्त्री ओलीले संसद विघटनको ‘असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदम चालेको’ भन्दै बैठकले सर्वोच्च अदालतको […]
काठमाडौं । आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ । वाक्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न […]
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’
१९ फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँघरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो । जिल्लाका नौवटै स्थानीय तहमा लागू गर्ने योजनाअनुसार सुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट सुरु गरिएको हो । […]
बाजुरा: बाजुरामा यस वर्ष मात्रै १ लाख २५ हजार फलफुलका बिरुवा रोपिएका छन्।गत वर्ष झै यो वर्षपनि सरकारी अनुदान र किसानको लागतमा १ लाख २५ हजार बिरुवा रोप्ने काम भइरहको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए। बाजुरालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्रले २०७७ साललाई फलफूल रोपण वर्ष घोषणा […]
काठमडौँ, १९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । सरकारको सिफारिसमा […]
१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् । खोप लगाउने कार्यक्रम जारी छ । अपराह्न […]
काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् । सांसदहरुले भने बुधबारबाटै यो खोप लगाउन सुरु गरेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन् । फागुन […]
काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच वार्ता सुरु भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै दुवै पक्ष वार्तामा बसेका हुन् । बुधबार बिहानदेखि दुवै पक्षबीच वार्ता भइरहेको र वार्तास्थल गोप्य रहेको चन्द समूहका एक नेताले जानकारी दिए । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र […]
काठमाण्डौं। काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मंगलबार वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा मन्त्री मगरको भनाईले शंका उत्पन्न गराएको सामूदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले बताईन् । ‘उहा“ त स्वम् मन्त्री […]
ताप्लेजुङ : मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन्। ५५ परिवार विस्थापित भएका छन्। भौतिक क्षति यकिन भइसकेको छैन। बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए। स्थानीय प्रेम न्यौपानेले सोमबार बिर्तामोड (झापा)बाट दुई ट्रक युरिया र डीएपी मल, एक गाडी खाद्यान्न ल्याएका थिए। बेलुकी अबेरसम्म […]