होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ फागुन, विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वाेच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन् । प्रचण्ड पक्षको साथ छोडेर एमालेमै फर्किने माधव नेपाल पक्षको निर्णयले शेरधन शक्तिशाली बनेका हुन् । ९३ जना सदस्य रहेको १ नम्बर प्रदेशसभामा एमालेका ५१ सदस्य छन् […]
काठमाडौँ । सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । एक मन्त्रीले दिएको जानकारी अनुसार आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो । त्यस्तै, नेकपा […]
सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको बैठक नै राखेर आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयबारे व्यापक छलफल गरेका हुन् । सचिव बैठकले नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयको तय गर्नेलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ । बैठकमा […]
काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ । नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् । पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको […]
२५ फागुन, सुर्खेत । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना […]
२४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो । हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु […]
२४ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् । २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै उनले अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताएका हुन् । चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन शिलान्यास […]
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगा भनी टिप्पणी गरेका छन् । आइतबारको संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नेकपाको प्रचण्ड–माधव समूहले बहिस्कार गरेको थियो भने विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरेर नाराबाजी गरेको थियो । […]
रामबहादुर वि. क. । बाजुरा – जिल्लाको खप्तडछेडेद–६ की मैतोलाकी देउमा गुयाल उमेरले ४० वर्षकी भइन् । उनीसंग तीन छोरा छोरी छन् । उमेर ढल्किदै गएपनि उनी राज्यको सेवा सुविधाबाट भने बञ्चित भएकी छन् । गुयालका श्रीमान् बेपत्ता भएको दुई वर्ष भयो । श्रीमान् बेपत्ता भएको खबरपछि उनी संकटमा परेकी छन् । उमेर छिपिदै गएपनि […]
काठमाडौं, २४ फागुन । आइतबार संसद् भवनमा संवैधानिक परिषद्सम्बन्धी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को नाराबाजीलाई प्रधामन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको भन्नुभएको छ । सोमबार राजधानीमा आयोजित १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधनको सुरुवातमा व्यंग्य हान्न थालेका ओलीले संवैधानिक परिषद्सम्बन्धीको ठाउँमा एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको बताउनुभएको छ […]
बाजुरा २४ फाल्गुन । त्रिवेणी नगरपालिका बाजुरामा पनि १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै नारी दिवसको रुपमा मनाईदै आएका छन । नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विभिन्न जनचेतना मुलक कार्यक्रम , सडक नाटक गरेर मनाईने गरिन्छ । […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल कुन हो भनेर अदालतमा गएर बुझ्न भनेका छन् । हिजो बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्ड नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले अदालतले आफ्नो दलका बारेमा बोलेको र त्यही गएर सोध्न भनेका हुन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा […]
काठमाडौँ– नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा एमाले ब्यूँताउन लागिपरेको छ । सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो । विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्न थालिएको छ । मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा ओली पक्षका कार्यकर्ताले पार्टी […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किएका छन्। पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशीले सोमवार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन्। जोशी संसद विघटनपछि ओली समूहमा लागेका थिए।सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।
काठमाडौँ । (नेकपा) को नाम विवादमा सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । एकातिर सर्वोच्चको फैसलाले निवेदकको माग दाबीभन्दा बढ्ता निर्णय सुनाएको भन्ने आलोचना सुरु भएको छ भने अर्कोतिर फैसला कार्यान्वयन गर्दा निर्वाचन आयोगलाई अर्को जटिलता थपिने भएको […]
२४ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुनेछ ।
चितवन । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए । उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए । उनले भने, “नेपाली काँग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ […]
काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । […]
काठमाडौँ — साविकको नेकपा दाहाल–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिए । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश, विदेश तथा प्रदेशमा रहेको सम्पूर्ण नारीहरूलाई शुभकामना दिएका छन्। आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले नेपालको संविधानले लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरे। आज अन्तर्राष्ट्रिय नारी दिवस […]