होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
४ चैत, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने […]
४ चैत, काठमाडौँ । नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिष्ट नेताहरु समेत उपस्थित भएका छन् । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्चमा उपस्थित भएका हुन् । कार्यक्रम सञ्चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्। यस्तै भेलाका लागि […]
काठमाडौं : नेकपा एमालेको माधव-झलनाथ समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेलाको अध्यक्षता नेता झलनाथ खनालले गरेका छन् । भेलामा एमालेका ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुको उपस्थिति रहेको छ। यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि […]
धनगढीः कैलालीमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षकसहितका जुवाडे पक्राउ परेका छन्। बुधबार राति कैलालीको ओलानी क्षेत्रबाट प्रहरीले ३ लाख नगदसहित डीआईजी सुवेदीका अंग रक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका केही जुवाडेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले दिनेशखबरलाई बतायो। तर कैलाली प्रहरीले भने अहिलेसम्म जुवाडे पक्राउ परेको कुरा सार्वजनिक गरेको छैन। […]
कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए । चैत्र ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मुनिका नागरिकलाई खोप दिने योजना थियो । सरकारले भारतलाई […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् । संसद् पुनःस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् । बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको भन्दै […]
सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ । फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौँ बोलाएर भेला आयोजना […]
प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो । जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ । माओवादीका साथीहरु अहिले पनि मिलिरहेकै छन् र मिल्ने सिलसिला जारी […]
सोमबारको धुम्बाराही ः विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको । आइतबार रातको पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फोन गरे । त्यसबेला माधव ४ र ५ को राष्ट्रिय भेलाको विषयमा केही सहकर्मीसँग कुराकानी सकेर […]
३ चैत, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । मृत्यु हुनेमा […]
३ चैत, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले अर्थमन्त्रालयले तोकेको बजेट आधारप्रति असन्तुष्टि पोखेकी छिन् । उनले कृषि क्षेत्रमा बजेट घटाएर उत्पादन बढाउन नसकिने भन्दै त्यसले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल नहुने बताइन् । उनले बजेट निर्माण र कार्यक्रमको प्राथमिकीकरणको पुरानो शैली त्याग्नु अत्यावश्यक रहेको बताइन् । आगामी आर्थिक वर्ष केही […]
३ चैत, काठमाडौं । चीनले आफ्नो देशमा उत्पादित कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लिएका व्यक्तिलाई सहज रुपमा भिसा दिने निर्णय गरेको छ । यद्यपि चीन प्रवेश गर्ने व्यक्ति अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम भने कायमै रहनेछ । योसँगै नेपालमा पनि चिनियाँ खोपको पूर्ण डोज लिएको प्रमाणपत्र देखाउने मानिसले मात्र सहज रुपमा भिसा पाउने चिनियाँ दूतावासले जनाएको […]
३ चैत, काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई […]
३ चैत, सुर्खेत । गत फागुन २३ गते कर्णाली नदीमा हराएकी ७ वर्षीया बालिका रजनी बडुवालको शव मंगलबार भेटिएको छ । अछामको तुर्माखाँद गाउँपालिका–३, स्थित कर्णाली नदी किनारमा बालिकाको शव भेटिएको र उनी रजनी बडुवाल नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला […]
२ चैत, वीरगञ्ज । लाखौं खर्चिएर बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । नदर्न प्राइभेट कलेज एण्ड हस्पिटलमा एमबीबीएस अध्ययनरत नेपाली र स्थानीय विद्यार्थी अन्तिम वर्षको परीक्षा दिन नपाएपछि ३७ दिनदेखि आन्दोलनमा छन् । तर उनीहरुको माग सम्बोधन हुन सकेको छैन । सोमबार सुरु भएको अन्तिम वर्षको परीक्षाबाट […]
नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले तुरुन्त प्रचण्डलाई बोलाएर छलफल गर्न पनि आग्रह गरेका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा(माओवादी […]
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको […]
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामा माग गरेको सांसद वर्षमान पुनले जानकारी दिए । उनले भने–‘प्रतिनिधिसभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको […]
मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिका–८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभाकत्व गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन्। लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन्। पठनपाठनमा आवश्यक कापी, कलम, ड्रेस नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ । घरमा लालनपालन […]
दार्चुला: दार्चुलाका ५ वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा ल्याइएको छ। विश्व खाद्य कार्यक्रम अन्तरर्गत जिल्लाका ५ वटा स्थानीय तहका १५ वटा विद्यालयहरुमा कार्यक्रम सञ्चालनमा रहेको हो। जिल्लाको मार्मा गाउँपालिकामा सबैभन्दा बढी ७ वटा विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ भने दुहुँ गाउँपालिकामा १ वटा, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा समान २÷२ […]