होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले बताए । जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले बालकलाई ३५ बर्षका बाबुले कलेजो दिएपछि प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. भण्डारीले बताए । प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस […]
१ चैत,बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाविधेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । बुटवलमा फागुन २८ देखि सुरु भएको महाधिवेशनले दुई वर्षे कार्यकालका लागि पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो । तीनदशकदेखि पत्रकारितामा संलग्न पहाडी संविधान सभा सदस्यसमेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली,उपाध्यक्ष (महिला) मा कमलाकुमारी […]
काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने […]
हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् । तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने […]
दार्चुला: दार्चुला र धार्चुलालाई जोडिएको छ महाकाली नदीले। बिहान ७ बजे दार्चुला–धार्चुला जोड्ने झोलुङ्गे पुलको ढोका खुल्छ। फेरि बेलुकी ५ बजे पुनः ढोका बन्द हुन्छ। पुलको ढोका खुलेसँगै स्थानीयको नेपाल भारत अर्थात दार्चुला धार्चुला आवतजावत सुरु हुन्छ। यहि वारीपारीको शृङ्खला सदरमुकाम खलङ्गामा मात्र नभई उत्तर तिरका आधा दर्जन ठाउँका तुइनमा पनि निरन्तर चलिरहन्छ। यहि तुइनमा दैनिकी […]
दार्चुला — लेकम गाउँपालिका ६ गणेतमा ट्र्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का अन्दाजी ३० वर्षका अशोक खत्री रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार गोकुलेश्वरबाट रिठाचौपाता गइरहेको सु.प.प्र.०१००२ त ४८३५ नम्बरको ट्र्याक्टरबाट खत्री खस्न गई घटनास्थलमै मृत्यु भएको […]
काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य […]
२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सिध्याउनेतिर अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाएको नेपालले बताए । ओलीले एमाले सिध्याएको नेपालको बुझाइ छ । ‘जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले अनलाइनखबरसँग […]
बिबिसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको ६३ बर्षको उमेरमा निधन भएको छ । शुक्रबार काठमाडौंको एक अस्पतालमा मृगौला सम्बन्धी रोगका कारण शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही समयदेखि मृगौला रोगबाट पीडित शर्माको शरीरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि निधन भएको जनाइएको छ । शर्माका परिवारमा एक छोरा र श्रीमती छन् । […]
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् । खाँदबारी […]
नागरिक रैबार बाजुरा २८ फागुन जिल्लाकाे सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माणका लागि बडीमालिका नगरपालिकाले तयारी थालेकाे छ । नगरपालिकाकाे फागन ९ गते कार्यपालिकाकाे बैठकले मार्तडीमा एयरपोर्ट निर्माणका लागि विकास साझेदार जिअाईजेड संग डिपिअार तयारी गराउने निर्णय गरेकाे थियाे । साेही अनुसार बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा […]
२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक १ चैतमा बोलाउने तयारी छ । त्यसको दुई दिनअघि आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् । बैठकले साबिकको […]
धनगढीः जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्ता गठबन्धन गर्ने अवस्थामा रेशम चौधरी रिहाइको मुख्य सर्त बनाएको छ। धरीलगायत मधेस–थरुहट आन्दोलनका बन्दीको रिहाइ प्रमुख शर्त बनाएपनि त्यसमा प्रधानमन्त्री ओली सकारात्मक भएको बताइएको छ। टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेको थियो। त्यसलाई उच्च अदालत दिपायलले पनि सदर गरिसकेको छ। थरुहट […]
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण […]
२८ फागुन, सुर्खेत । समयमै उद्धार नहुँदा सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ । सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, […]
२८ फागुन, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा […]
२८ फागुन, काठमाडौं । सैनिक दिवसको दिन नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कवाज, बढाइसहितको विशेष समारोहले सबैको ध्यान त तान्यो नै । त्यससँगसँगै विशिष्ट अतिथिहरुको आसनले पनि धेरैको ध्यान खिच्यो । किनभने यस वर्षको आसन अघिल्लो वर्षको तुलनामा फरक थियो । सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा […]
२६ फागुन, डोटी । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर र्दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । प्रहरीका अनुसार दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका–७ नन्देगडाको दुबातल भन्ने ठाउँमा दुर्घटनामा परेको अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए । अर्यालका अनुसार उनीहरु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा […]
२६ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका साथै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । संविधानको धारा १३८ बमोजिम प्रधान्यायाधीश जबराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ । नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ । सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेकपाका दुई घटक एमाले र […]